फिल्मी समाचार

'१२ गाउँ-२' को छायांकन सुरु, समिर र कृशु मुख्य भुमिकामा

काठमाडौं । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा तयार हुन लागेको सिनेमा ‘१२ गाउँ – २’ को छायांकन सुरु गरिएको छ । आज(बुधबार) काठमाडौंको एक स्टुडियोमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । ‘१२ गाउँ – २’मा नायक समिर भट्टको जोडीमा रुपमा कृशु शाही (काफिया)ले डेव्यु गरेकी छिन । सिनेमाको छायांकन गीतबाट सुरु गरिने निर्माण पक्षले बताएको छ। दशैंको फूलपातीमा रिलिज हुने यस फिल्ममा विराजसहित अनुप विक्रम

रोकियो लालीबजारको प्रदर्शन, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी

काठमाडौँ । यही शुक्रवार १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र लालीबजारको प्रदर्शन रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ । अदालतले २२ गतेसम्म चलचित्रको प्रदर्शन नगर्नु नगराउनु भनी विपक्षीको नाममा अल्पकालिन अन्तरिम आदेश दिएको हो । आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र जवाफ पेश गर्न भनिएको छ । अदालतले दुवै पक्षलाई छलफलको लागि बैशाख २२ गते पेश तोक्न भनेको छ । आदेशमा भनिएको छ

'धुरन्धर’ को रेकर्ड : विश्वभर ३ हजार करोड वढीको व्यापार

भारतीय फिल्मको इतिहासमा विश्वव्यापी ३ हजार करोडको आँकडा पार गर्ने पहिलो फ्रेन्चाइज फिल्मको कीर्तिमान ‘धुरन्धर’ले बनाएको छ । यसका दुई श्रृंखला ‘धुरन्धर’ र ‘धुरन्धर : द रिभेन्ज’ले गरी विश्वभर उक्त कमाइ गरेका हुन् । पाकिस्तान, दुबई, कुवेतसहित केही देशमा प्रतिबन्धका बाबजुद पनि दुई फिल्मको कमाइ ३ हजार करोडभन्दा माथि पुगेको हो ।  सन् २०२५ को डिसेम्बरमा रिलिज भएको ‘धुरन्धर’ले भारतमा ८४० करोड नेट र विश्वव्यापी १३०७ करोड कमाएको थियो ।

मेरो १७ वर्षको मेहनत १७ सेकेन्डमै समाप्त भयो- सागर लाम्साल

काठमाडौँ । अभिनेता सागर लम्साल ‘बले’को १७ वर्ष लामो करियर एक युवतीले फेसबुकमार्फत लगाएको बलात्कारको आरोपका कारण गम्भीर मोडमा पुगेको छ ।  अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत लगाएको बलात्कारको आरोपपछि प्रहरी हिरासतमा रहेका सागरले मर्माहत हुँदै आफ्नो १७ बर्ष लामो प्रतिष्ठा १७ सेकेन्ड (क्षणभर)मै ध्वस्त भएको अभिव्यक्ति दिएका छन् । हिरासतमा रहेका सागरलाई भेट्न पुगेका निर्देशक राजु गिरीका अनुसार सागर आफ्नो वर्तमान अवस्था र बिग्रिएको छविलाई सम्झेर भक्कानिएर रोएका थिए

सिनमा ‘राम नाम सत्य’को  ट्रेलर नेपालसहित विश्वव्यापी ट्रेन्डिङमा

काठमाडौं । आगामी शुक्रबारवाट प्रदर्शनमा आउने सिनेमा ‘राम नाम सत्य’को ट्रेलरलाई दर्शकले सर्वाधिक रुचाएका छन् । गत बिहीबार सार्वजनिक गरिएको ट्रेलर विश्वव्यापी रूपमा युट्युबको ट्रेन्डिङमा परेसंगै सिनेमा हेर्न दर्शक आतुर रहेको आकलन गरिएको छ।  यतिबेला सिनेमाको ट्रेलर नेपालसहित १० देशमा ट्रेन्डिङमा देखिएको छ । Jituनेपालमा सिनेमातर्फको ट्रेन्डिङ चार्टको शीर्षस्थानमा रहेको ट्रेलर कतार, मलेशिया, रोमानिया, साउदी अरब, यूएइ, मलेशिया, जापान, अष्ट्रेलिया र साउथ कोरियामा समेत ट्रेन्डिङको शीर्ष २० भित्र परेको छ

नेपालगन्जबाट ‘कुमारी’को सांगीतिक यात्रा सुरू, ‘डोको बुन्ने’ गीतमा झुमे दर्शक

काठमाण्डौ । आगामी माघ २३ गतेबाट प्रदर्शन हुने लभस्टोरी फिल्म ‘कुमारी’को बिहीवार नेपालगन्जबाट सांगीतिक यात्रा सुरू भएको छ । ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ नाम दिइएको यो कार्यक्रम बिहीवार साँझ नेपालगन्जस्थित होटेल स्टार लाइटको प्राङ्गणमा गरिएको थियो । करिव २ हजार बढी दर्शक उपस्थित रहेको कार्यक्रममा गायक केहर सिंह लिम्बू र उनको ब्यान्डले सांगीतिक प्रस्तुति दिँदा फिल्मका मुख्य जोडी अबिशेक खड्का र आकृति राजभण्डारीले आकर्षक नृत्य प्रस्तुत

केकीले ‘पेट्रोल पम्प’ निर्माण गर्दै

काठमाण्डौ । ब्लकबस्टर फिल्म ‘बोक्सीको घर’को टिमले नयाँ फिल्म ‘पेट्रोल पम्प’ निर्माण गर्ने भएको छ । लोकप्रिय अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमले ‘पेट्रोल पम्प’ निर्माण गर्ने घोषणा गरेका हुन । अहिले इन्ट्रेस्टिङ प्रोजेक्ट र समय मिलेको कारण ‘पेट्रोल पम्म’ मार्फत दर्शकमाझ आउन लागेको केकीले वताइन । फिल्ममा सुलक्षण भारतीको कथा र निर्देशन हुने छ । केकी अधिकारी निर्मात्री रहेको फिल्ममा कलाकारको बारेमा भने निर्माणपक्षले केही खुलाएका छैनन

काठमाडौं आएका बलिउड अभिनेता संजयले भेटे प्रचण्ड

काठमाण्डौ । विहिबार बेलुका काठमाडौंमा आइपुगेका बलिउड स्टार संजय दत्तले पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। बिहीबार एक क्यासिनो उद्घाटनका लागि नेपाल आएका अभिनेता दत्त प्रचण्डलाई भेट्न उनको निवास ललितपुरको हात्तीवन पुगेका थिए। प्रचण्ड र संजयबीच आधा घन्टा कुराकानी भएको प्रचण्ड निकट स्रोतले जनाएको छ। बलिउड अभिनेता संजय दत्तले भोलि बाराही होटेलको बादशाह क्यासिनो उद्घाटन गर्दै छन्। दत्त भोलि नै भारत (स्वदेश) फर्किने छन्।

‘छ माया छपक्कै २’ बनाउँदै दीपक-दीपा

काठमाण्डौ । अभिनेता दीपकराज गिरीले केही दिनअघि फेसबुकमा एक पोस्ट लेख्दै आगामी फिल्ममा अन्यायविरुद्ध निर्वाचनमा होमिएको उम्मेदवारको रुपमा आफू प्रस्तुत हुने जानकारी गराएका थिए । तर, उनले फिल्मको नाम खुलाएका थिएनन् । निकट स्रोतका अनुसार उनी उम्मेदवारको भूमिकामा देखिने फिल्मको नाम ‘छ माया छपक्कै २’ हो ।  ‘छ माया छपक्कै’ २०७६ सालको सुपरहिट फिल्म हो । दीपेन्द्र लामाको निर्देशन र रोहित अधिकारीले निर्माण गरेको यस फिल्ममा दीपकसहित केदार घिमिरे, जितु नेपाल, केकी

‘गोबर गणेश’को ट्रेलरमा सपना र संघर्षको कथा

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा पढ्न नसकेपछि शहर आएर एक युवकले गरेको संघर्ष छ।  एक गाउँले युवकले गाउँबाट सहर छिर्दा देखेका सपनाहरू र जीवन बदल्न गरेको संघर्ष देखाएको ट्रेलरले गाउँमा बसेर कल्पना गरेजस्तो सहर नरहेको यथार्थता बोल्ने प्रयास गरेको छ।  चलचित्र ‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदै छ । ‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्र्वे)ले निर्देशन गरेका छन्। बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण