रोकियो लालीबजारको प्रदर्शन, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी


  • रोकियो लालीबजारको प्रदर्शन, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी
  • काठमाडौँ । यही शुक्रवार १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र लालीबजारको प्रदर्शन रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

    अदालतले २२ गतेसम्म चलचित्रको प्रदर्शन नगर्नु नगराउनु भनी विपक्षीको नाममा अल्पकालिन अन्तरिम आदेश दिएको हो । आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र जवाफ पेश गर्न भनिएको छ ।

    अदालतले दुवै पक्षलाई छलफलको लागि बैशाख २२ गते पेश तोक्न भनेको छ । आदेशमा भनिएको छ ‘निवेदनमा उल्लेखित विषयवस्तुको गाम्भिर्यतासमेतलाई हेर्दा दुबै पक्षहरुवीच छलफल पश्चात् निर्णयमा पुग्दा उपयुक्त हुने देखिँदा अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा छलफलको लागि मिति २०८३।०१।२२ गतेको पेशी मिति तोकी पेशीको सूचना विपक्षीहरूलाई दिनुहोला।’ 



  • चलचित्रमा देखाइएको कथावस्तुमा आपत्ति जनाउँदै रोशनी नेपालीले मुद्दा दायर गरेकी थिइन् । अदालतले बैशाख २२ गतेसम्म प्रदर्शन रोक्न आदेश दिएको छ । 

    षट्कोण आर्टसले निर्माण गरेको चलचित्रमा वादी समुदायका महिलालाई चित्रण गरिएको छ । वादी समुदायका तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेकी थिइन् । चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, विशाल देवकोटा, प्रशंसा सुवेदी, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, रमेश बादीलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् । उनी स्वयंको कथा रहेको फिल्ममा बर्दियाका बादी समुदायको कथा पेस गरिएको छ । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *