काठमाडौं । आगामी शुक्रबारवाट प्रदर्शनमा आउने सिनेमा ‘राम नाम सत्य’को ट्रेलरलाई दर्शकले सर्वाधिक रुचाएका छन् । गत बिहीबार सार्वजनिक गरिएको ट्रेलर विश्वव्यापी रूपमा युट्युबको ट्रेन्डिङमा परेसंगै सिनेमा हेर्न दर्शक आतुर रहेको आकलन गरिएको छ।
यतिबेला सिनेमाको ट्रेलर नेपालसहित १० देशमा ट्रेन्डिङमा देखिएको छ । Jituनेपालमा सिनेमातर्फको ट्रेन्डिङ चार्टको शीर्षस्थानमा रहेको ट्रेलर कतार, मलेशिया, रोमानिया, साउदी अरब, यूएइ, मलेशिया, जापान, अष्ट्रेलिया र साउथ कोरियामा समेत ट्रेन्डिङको शीर्ष २० भित्र परेको छ ।
ट्रेलरलाई युट्युबमा पनी दर्शकको प्रतिक्रिया उत्साहजनक पाइएको देखिन्छ । द्शकले विराज भट्टको एक्सन र संवाद मन पराएका छन् भने यही सिनेमाबाट डेब्यू गरेका टिकटक स्टार आयुष सिंह ठकुरीलाई लिएर दर्शकले उत्साह व्यक्त गरेका छन् ।

माइकल चन्दको निर्देशनमा निर्माण भएको सिनेमामा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की, दिनेश डिसी, सुधीर श्रेष्ठ, सन्तोष सरकार लगायतको अभिनय रहेको छ । सिनेमामा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता तथा मोती कार्की क्रियटिभ निर्मातामा छन् ।
माइकल इन्टरटेन्मेन्टको हाउसको प्रस्तुतिमा निर्देशक चन्द स्वयंको लेखन रहेको सिनेमामा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत तथा काला चरणको पार्श्व संगीत रहेको छ ।



