सहमतिपछि डा. गोविन्द केसीले तोडे अनसन
काठमाडौँ : डा. गोविन्द केसीले अनसन तोडेका छन् । सरकारी वार्ता टोलीसँगको सहमतिपछि डा. केसीले अनसन तोडेका हुन् । बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीसँग वार्ता गर्न शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा शिक्षा सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए । शिक्षासचिव नेतृत्वको सरकारी वार्ता टोलीसँगको सहमतिपछि डा. केसीले आज अनसन तोडेका हुन् । सरकार र डा. केसीबीच भएको सहमतिअनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा ३०० शय्याको अस्पताल सञ्चालनका लागि








