जीवनशैली

वर्षाका कारण बागमती नदी किनाराका बस्तीहरू डुबानमा

काठमाडौँ । मंगलवार रातीबाट आएको अविरल वर्षाका कारण काठमाडौँ बागमती नदी किनाराका बस्तीहरू डुबानमा परेका छन् । त्रिपुरेश्वर, कालीमाटी, टेकु क्षेत्रका नदी किनारका बस्ती जलमग्न भएका हुन् ।  बागमती  र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको

लोकप्रिय रेडियोकर्मी डियर कल्याणलाई मातृ शोक

काठमाडौं । लोकप्रिय रेडियोकर्मी डियर कल्याण(कल्याणराज गौतम) लाई मातृ शोक परेको छ । जीवनको यथार्थ घटनालाई कथाद्धारा रेडियोबाट बाचन गरी लाखौ स्रोताहरुको मनमा बस्न सफल रेडियोकर्मी गौतमकी आमा नमादेवी गौतमको ९३ वर्षको उमेरमा निधन भएको हो । दाङस्थित आफ्नै निवासमा गौतमको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । हाल ईमेज एफ.एम. बाट प्रसारण भैरहेको कार्यक्रम डियर कल्याणका प्रस्तोता गौतमकी आमा नेपालका बाइसे/चौबिसे राज्य मध्येको अन्तिम राज्य उदयपुर (प्युठान) का अन्तिम

ललाइफकाई भारततर्फ लैजाँदै गरिएकी महिलाको डोकेबजारबाट उद्धार

कन्चनपुर । प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट बिहीबार उद्धार गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका–१ कौवापुर बस्ने प्रेम लुहारकी श्रीमती ३२ वर्षीया सीता लुहारलाई ललाइफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए । उनका अनुसार उद्धार गरिएकी महिलासहित डगौरालाई आवश्यक कारवाहीका

शिक्षाबाट कोही बन्चित हुनु हुदैन: मन्त्री विक

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका-३ स्थित श्री हिमाल आधारभूत बिद्यालय मिर्चैयाको ३ कोठे नयाँ भबनको उदघाटन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले एक कार्यक्रमकाबीच उक्त भबनको उदघाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा मन्त्री विकले समाज परिबर्तन र देश बिकासका लागी शिक्षा पहिलो आधार भएको बताउँदै शिक्षा क्षेत्र लाई राज्यले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । कोहि पनि बालबालिका अभाब र गरीबीका कारण बिधालयबाट टाढा र शिक्षाबाट

लुटपाटको प्रयाङक भिडियो बनाउन खोज्दा एकजना युवाको गोली लागेर मृत्यु

काठमाण्डौं । अमेरिकाको नासभिलमा युट्युबका लागि लुटपाटको प्रयाङक भिडियो बनाउन खोज्ने एकजना युवाको गोली लागेर मृत्यु भएको छ । नासभिल विजनेशको पार्किङ लटमा शुक्रबार राती युट्युबका लागि लुटपाटको प्रयाङक भिडियो बनाउँदै गर्दा गोली हानिएको थियो । २० बर्षका तिमोथी विल्कस र उनका साथीले उक्त भिडियो बनाउँदै थिए । उनीहरु एउटा चक्कु बोकेर मान्छेहरुको समुहतिर आएका थिए । उक्त समुहमा डेभिड स्टान्र्सनामका २३ बर्षका व्यक्ति समेत थिए । उनले चक्कु बोकेर

विवाह बन्धनमा बाधिँए रमेश प्रसाईं

काठमाडौं । पब्लिक स्पिकर रमेश प्रसाईं विवाह बन्धनमा बाधिँएका छन् । उनले आज समाजसेवी नन्दा सिंहसँग धरानमा विवाह गरेका छन् । लामो समयदेखिको प्रेम सम्बन्धपछि उनीहरु आज विवाह बन्धनमा बाधिँएका हुन् । विवाह बन्धनमा बाधिँएपछि रमेश प्रसाईंलाई धेरैले सामाजिक सञ्जालमार्फत वैवाहिक जीवनको शुभकामना दिएका छन् । पछिल्लो समय रिङ्केबुङ्गको रागोलाई बोलको गीतबाट पनि चर्चामा आएका रमेश प्रसाईंको विवाहका तस्बिरहरु अहिले सार्वजनिक भएका छन् । तस्बिरमा रमेश निकै खुशी देखिन्छन् ।

लोकप्रिय गायक प्रकाश सपुतले आज ३० औं जन्मदिन मनाउँदै

आज गायक प्रकाश सपुतको जन्मदिन परेको छ । गायक तथा निर्देशक/अभिनेता सपुतले आज आफ्नो ३०औँ जन्मदिन मनाउँदै छन् । नेपाली गीत सङ्गीतको क्षेत्रमा फरक शैलीको सुरुवात गरेर लोकप्रिय बनेका गायक सपुतले बोल माया, गलबन्दी, नमस्कार, दोहोरी ब्याटल लगायत दर्जनौँ गीत गाएका छन् । गीत सङ्गीतको माध्यमबाट समाजमा यथावत् विभिन्न पाटोलाई उजागर गर्ने कोसिस गर्ने गायक सपुतले पछिल्लो समय म्युजिक भिडियो ‘बदला बरिलै’ निर्देशन गरे जसले उनलाई थप दर्शकको प्रेम दियो

शर्मालाई नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभाबिच पृथ्वी प्रज्ञा

कार्तिक १४, २०७४-नेपाल प्रज्ञा प्रतिष्ठानले ‘पृथ्वी प्रज्ञा पुरस्कार’ प्रा. तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानको सोमबार बसेको ३२ औं प्राज्ञ सभाको बैठकले शर्मालाई चार लाख रुपैयाँसहितको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार प्रत्येक चार वर्षमा दिने गरिन्छ । त्यस्तै, प्रतिष्ठानले प्रत्येक दुई वर्षमा प्रदान गर्ने एक लाख रुपैयाँसहितको नेपाल प्रज्ञा संस्कृति पुरस्कार प्रा. वीणा पौडयाल घिमिरेलाई र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ धनुषाका प्रा. रामावतार यादवलाई