अर्थतन्त्र

सालपा विकास बैंकको आईपीओ निष्कासन

काठमाडौं। सालपा विकास बैंकले आज बिहीवारदेखि आईपीओ निष्कासन गरेको छ । बैंकले पहिलो चरणअन्तर्गत सर्वसाधारणलाई छुट्टाइएको मध्येबाट १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका जारी गरेको हो । बैंकले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपीओ निष्कासनको अनुमति पाएको हो । जसमध्ये ५ प्रतिशत

अण्डाको मूल्य प्रतिक्रेट ५५ ले बढ्यो

चितवन । अवैध अण्डा रोकिएपछि नेपाली किसानले अण्डाको लागत मूल्य पाएका छन् । निर्वाचनका कारण भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको अण्डा रोकिएको छ । नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको हो । किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा भारी वृद्धि भएको हो । यसअनुसार अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय २०,

सेवा हाईड्रोले आईपीओ निष्कासन गर्ने

काठमाडौं । सेवा हाईड्रो लिमिटेडले आइ्र्रपीओ निष्कासनको विशेष प्रस्तावसहित साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले यही मंसिर २७ गते काठमाण्डौको बानेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

लकडाउनकै विचमा काठमाण्डौका व्यापारीले खोले पसल, भोलिदेखि सबै पसल बिहान ११ बजेसम्म खुल्ने

काठमाण्डौ विश्व महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड -19) को कारण लामो समय वन्दावन्दिको मारमा परेका काठमाडौंका व्यापारीहरूले आज लकडाउनकै विचमा सबै प्रकारका पसलहरू खुला गरेका छन्। बिहीबार बिहान काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्युरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोकलगायत क्षेत्रका पसलहरू खुला भएका छन् । आज केही पसल खुलेको भए पनि भोलिदेखि सबै पसल बिहान ११ बजेसम्म खुला हुने महासंघका अध्यक्ष नरेश कटुवालले वताए । पसलहरू खुला भए पनि नेपाल