राईजिङ स्टार क्लब र सीतापुर युनाईटेड विजयी
नेपालगंज । राईजिङ स्टार क्लब र सीतापुर युनाईटेड बर्दियाले दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगितामा आज सोमबार जित हासिल गरेका छन् । बाँके खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा भएको पहिलो खेलमा राईजिङ स्टार क्लबले २७ स्टार क्लबलाई १–० ले पराजित गरेको छ । खेलमा २७ स्टार क्लबको तर्फको आत्मघाती गोल भएको थियो । खेलमा राईजिङ स्टारका क्षितिज रानाले प्लेयर अफ द म्याचको ट्रफी जिते। यसैगरी सोमबारको









