काठमाडौँ : डा. गोविन्द केसीले अनसन तोडेका छन् । सरकारी वार्ता टोलीसँगको सहमतिपछि डा. केसीले अनसन तोडेका हुन् ।
बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीसँग वार्ता गर्न शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा शिक्षा सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए ।
शिक्षासचिव नेतृत्वको सरकारी वार्ता टोलीसँगको सहमतिपछि डा. केसीले आज अनसन तोडेका हुन् ।
सरकार र डा. केसीबीच भएको सहमतिअनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा ३०० शय्याको अस्पताल सञ्चालनका लागि तत्काल आवश्यक प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ ।

यसअघि डा. केसीले गेटा अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न, स्वास्थ्य सेवा विस्तार गर्न तथा आफ्ना अन्य मागहरू कार्यान्वयन गर्न दबाब दिँदै आएका थिए ।
यस्तै चिकित्सा शिक्षा ऐनको मर्मअनुरूप सरकारी अस्पताल तथा प्रतिष्ठानहरूको सुदृढीकरण, नयाँ शैक्षिक कार्यक्रम सञ्चालन, छात्रवृत्ति विस्तार र पारदर्शी मापदण्ड कायम गर्ने विषयमा दुवै पक्ष सहमत भएसँगै डा. केसीले अनशन अन्त्य गरेका हुन् ।
सहमतिअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस, बिएससी नर्सिङ लगायतका शैक्षिक कार्यक्रमहरू राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को मर्म तथा चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको मान्यता अनुसार द्रुत गतिमा अगाडि बढाइनेछ ।
सरकार र डा. केसीबीच भएको सहमतिः





