काठमाडौं आएका बलिउड अभिनेता संजयले भेटे प्रचण्ड


  • काठमाडौं आएका बलिउड अभिनेता संजयले भेटे प्रचण्ड
  • काठमाण्डौ । विहिबार बेलुका काठमाडौंमा आइपुगेका बलिउड स्टार संजय दत्तले पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। बिहीबार एक क्यासिनो उद्घाटनका लागि नेपाल आएका अभिनेता दत्त प्रचण्डलाई भेट्न उनको निवास ललितपुरको हात्तीवन पुगेका थिए।

    प्रचण्ड र संजयबीच आधा घन्टा कुराकानी भएको प्रचण्ड निकट स्रोतले जनाएको छ। बलिउड अभिनेता संजय दत्तले भोलि बाराही होटेलको बादशाह क्यासिनो उद्घाटन गर्दै छन्।



  • दत्त भोलि नै भारत (स्वदेश) फर्किने छन्। उक्त क्यासिनोले अर्को साता बलिउड अभिनेत्री सन्नी लियोनीलाई पनि नेपाल ल्याउँदैछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *