आज प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुँदै


  • आज प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुँदै
  • काठमाडौँ । प्रस्तावित निर्वाचन आयुक्तहरुको संसदीय सुनुवाइ आज हुँदैछ । 

    सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक विहान ११:१५ बजे सिंहदरबारमा बस्दैछ । 

    बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौँ)को सुनुवाइ गर्ने कार्यसूची छ ।  



  • संवैधानिक परिषद्को गत असार १९ को बैठकले संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो । यस्तै, निर्वाचन आयुक्तमा वाग्ले र सुब्बालाई सिफारिस गरेको थियो । 

    संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । 

    समितिले यसअघि प्रमुख आयुक्त र आयुक्तविरुद्ध उजुरी आह्वान गरेको थियो । प्रमुख आयुक्तविरुद्ध एउटा उजुरी परेको छ । 

    उजुरीकर्तासँग बुधबार छलफल गरी प्रमुख आयुक्तको सुनुवाइ गर्ने समितिको तयारी छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *