काठमाडौं । चलचित्र ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा पढ्न नसकेपछि शहर आएर एक युवकले गरेको संघर्ष छ।
एक गाउँले युवकले गाउँबाट सहर छिर्दा देखेका सपनाहरू र जीवन बदल्न गरेको संघर्ष देखाएको ट्रेलरले गाउँमा बसेर कल्पना गरेजस्तो सहर नरहेको यथार्थता बोल्ने प्रयास गरेको छ।
चलचित्र ‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदै छ । ‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्र्वे)ले निर्देशन गरेका छन्।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रमा बल्छी र वर्षा शिवाकोटीसँगै विनोद न्यौपाने, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय छ ।
शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहेको छ।नेपालमा यो फिल्मको वितरण अधिकार मनोज राठी र उज्जवल पौडेल समूहको श्री वैंकेटस इन्टरटेनमेन्टले लिएको छ ।



