काठमाडौं । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा तयार हुन लागेको सिनेमा '१२ गाउँ – २' को छायांकन सुरु गरिएको छ । आज(बुधबार) काठमाडौंको एक स्टुडियोमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।
'१२ गाउँ – २'मा नायक समिर भट्टको जोडीमा रुपमा कृशु शाही (काफिया)ले डेव्यु गरेकी छिन । सिनेमाको छायांकन गीतबाट सुरु गरिने निर्माण पक्षले बताएको छ।


दशैंको फूलपातीमा रिलिज हुने यस फिल्ममा विराजसहित अनुप विक्रम शाही, समीर भट्ट, कृशु शाही ‘काफिया’, सुनिल पोखरेल लगायतको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।
यो फिल्म गत वर्ष प्रदर्शन भएको ‘१२ गाउँ ’को सिक्वेलको रूपमा निर्माण हुन लागेको हो । शुभ मुहूर्त समारोहमा निर्देशक, कलाकार र वितरकको उपस्थिति रहेको थियो ।




