आज प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुँदै
काठमाडौँ । प्रस्तावित निर्वाचन आयुक्तहरुको संसदीय सुनुवाइ आज हुँदैछ । सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक विहान ११:१५ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौँ)को सुनुवाइ गर्ने कार्यसूची छ । संवैधानिक परिषद्को गत असार १९ को बैठकले संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो । यस्तै, निर्वाचन आयुक्तमा वाग्ले र सुब्बालाई सिफारिस गरेको









