विशेष समाचार

आर्थिक लाभ लिएपछी जिल्ला तानिए बसपार्कका सई कंडेल

नेपालगंज : बाँकेको बसपार्कस्थित अस्थाइ प्रहरी पोष्ट बसपार्कमा कार्यरत सइ सहित सबै जिल्ला प्रहरी कार्यालयमा तानिएका छन्। नेपालगंज कारकादो स्थित रात्रीकालिन व्यावसाय डान्सबारबाट लाभ लिइ राति अवेरसम्म सञ्चालन हुन दिएको खुलेपछी गएको दुइ हप्तामै सइ लक्ष्मी प्रसाद कडेल कारवाही स्वरुप जिल्ला तानिएका हुन । आफुभन्दा माथिल्लो कार्यालयले भनेको नमानेर अटेर गरेको र अबैध आर्थीक लाभ लिएको भेटिएपछी सई सहितको टोलीलाई जिल्ला तानेर असईको कमाण्डमा नयाँ टोली खटाइएको एक प्रहरी अधिकृतले

काठमाडौंमा हुने एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भोलि भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गर्दैछ । नेकपा बनेपछि सातै प्रदेशमा सन्देश सभा गरेको पार्टीले भोलि पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा सभा आयोजना गर्न लागेको हो । उक्त सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई नेकपाले आह्वान गरेको छ । पार्टीका नेता राजेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार बसेको तयारी बैठकले सभालाई व्यवस्थित बनाउन मातहतका कमिटीलाई समन्वय तथा सहकार्य गर्न निर्देशन दिएको हो ।

रविबारे अदालतको आदेश स्वागतयोग्य छ-बाबुराम भट्टराई

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक डा.बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई अदालतद्वारा सशर्त धरौटीमा रिहा गर्न दिएको आदेश स्वागतयोग्य रहेको बताएका छन्।  रविलाई धरौटीमा रिहा गर्न दिएको आदेश मुद्दा अघि बढाउन गरिएको निर्णय विधिको शासन, सहकारी पीडितको हित र राजनीतिक उपयुक्तता सबै हिसाबले स्वागतयोग्य रहेको उनको भनाइ छ। पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भनेका छन्, ‘यसले उहाँलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनताबीच गएर जनअनुमोदन प्राप्त गर्ने र सहकारी

दरबारमार्ग प्रहरीवृत्तलाई एनआरएनएले गर्‍यो नयाँ ब्यारिकेड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल प्रहरीको दरबारमार्गस्थित प्रहरीबृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ । संघका अध्यक्ष डा. बद्री केसीले शुक्रबार दरबारमार्गमा आयोजित एक कार्यक्रममा बृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई हस्तान्तरण गरेका हुन् ।  गत भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा उक्त प्रहरी बृत्तमा पनि क्षति पुगेको थियो । कार्यक्रममा अध्यक्ष डा. केसीले आन्दोलनका क्रममा भएको क्षतिलाई पूर्ण रुपमा पूर्ति गर्न नसके पनि केही हदसम्म

‘गोबर गणेश’को फर्स्टलुक सार्वजनिक, संघर्षसंगै प्रेमको झलक

काठमाण्डौ । लोकप्रिय हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को डेब्यु निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक पोस्टरमा फिल्मका मुख्य जोडी वर्षा सिवाकोटी र निर्देशक श्रेष्ठलाई देख्न सकिन्छ । दुवै खुसी मुद्रामा देखिएका छन् । वर्षा साइकल जडित रिक्सा चलाइरहेकी छन् भने घाँटीमा सिट्टी झुन्ड्याएर मरिचमान बसेका छन् । पृष्ठभूमिमा सहरका बाक्ला घरहरू छन् । निर्माण पक्षले पोस्टरमार्फत फिल्मका मुख्य पात्रको संघर्षसंगै प्रेम सम्बन्धलाई

हत्या गरेको अभियोगमा पूर्वमुख्यमन्त्रीका भाइ महावीर पक्राउ

बर्दिया । बर्दियामा दाङ तुलसीपुरका २७ वर्षीय निरज चौधरीको गोली हानी हत्या गरेको अभियोगमा महावीर चौधरी पक्राउ परेका छन् । महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ हुन् । उनलाई कैलालीको पैलारी गाउँपालिका- ५ बाट आज बिहान ३ बजे पक्राउ गरिएको बर्दिया प्रहरी प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए । उनका अनुसार हत्यामा प्रयोग भएको पेस्तोल पनि प्रहरीले बरामद गरेको छ । महावीरले यही मंसिर १९ गते बिहानै बर्दियाको राजापुर-४ स्थित

रवि र छविको मुद्दा हेर्न नमिल्नेमा

वुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा आज पनि स्थगित भएको छ। न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा हेर्न नमिल्नेमा राखिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए । न्यायाधीश सागर विष्टका आफन्त नै उक्त मुद्दामा जाहेरवालातर्फको कानून व्यवसायी पर्ने भएकाले सुनुवाइ अघि बढाउन नमिल्ने भएको कुँवरले बताए । बुटवलको सुप्रिम

सालपा विकास बैंकको आईपीओ निष्कासन

काठमाडौं। सालपा विकास बैंकले आज बिहीवारदेखि आईपीओ निष्कासन गरेको छ । बैंकले पहिलो चरणअन्तर्गत सर्वसाधारणलाई छुट्टाइएको मध्येबाट १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका जारी गरेको हो । बैंकले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपीओ निष्कासनको अनुमति पाएको हो । जसमध्ये ५ प्रतिशत

नेपालगञ्जमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

नेपालगंज । नेपालगञ्जमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा एमएडब्लु वृद्धिले आगामी शनिबारदेखि तीन दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ । मंसिर २७ देखि २९ सम्म चल्ने यस कार्यक्रममा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको अनुभव गर्न पाउनेछन् । यी ब्रान्डहरू हाल नेपालमा सबैभन्दा लोकप्रिय र प्रविधिमैत्री इभी ब्रान्डहरूका रूपमा स्थापित भइरहेका छन् । नयाँ सोरुमा आयोजना हुने

पुस १३ गते फिल्म ‘मिम्लेन् फूङ्’ धरानमा विशेष प्रदर्शन हुने

काठमाडौं । लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ धरानमा प्रदर्शन हुने भएको छ । यही पुस १३ गते बिहान ८ : १५ बजे फ्रेन्ड्स सिनेमा बराह मलमा विशेष प्रदर्शन हुने निर्माणपक्षले जनाएको छ । धरानमा बिहीबार याक्थुङ् फिल्म्सद्वारा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । याक्थुङ् फिल्म्सद्वारा निर्मित चलचित्र ‘मिम्लेन् फूङ्’ प्रेम, पीडा, सामाजिक कुसंस्कार, आत्म–जागरणको यात्रा, युद्धमा श्रीमान गुमाएकी विधुवाले समाजको हेला, औपनिवेशिक मूल्य–मान्यतासँग जुध्दै, आफ्नो प्रेम र व्यक्तिगत स्वतन्त्रताबीच