विशेष समाचार

सहमतिपछि डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौँ : डा. गोविन्द केसीले अनसन तोडेका छन् । सरकारी वार्ता टोलीसँगको सहमतिपछि डा. केसीले अनसन तोडेका हुन् ।  बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीसँग वार्ता गर्न शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा शिक्षा सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए ।  शिक्षासचिव नेतृत्वको सरकारी वार्ता टोलीसँगको सहमतिपछि डा. केसीले आज अनसन तोडेका हुन् ।  सरकार र डा. केसीबीच भएको सहमतिअनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा ३०० शय्याको अस्पताल सञ्चालनका लागि

आज प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुँदै

काठमाडौँ । प्रस्तावित निर्वाचन आयुक्तहरुको संसदीय सुनुवाइ आज हुँदैछ ।  सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक विहान ११:१५ बजे सिंहदरबारमा बस्दैछ ।  बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौँ)को सुनुवाइ गर्ने कार्यसूची छ ।   संवैधानिक परिषद्को गत असार १९ को बैठकले संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो । यस्तै, निर्वाचन आयुक्तमा वाग्ले र सुब्बालाई सिफारिस गरेको

म्यादी प्रहरी पोसाक खरिद अनियमितताको आरोपमा आईजीपी कार्कीमाथि अख्तियारको अनुसन्धान

काठमाडौँ : नेपाल प्रहरीको नेतृत्व सम्हालेपछि प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सार्वजनिक कार्यक्रममा भावुक हुँदै ‘प्रहरीको चुस्ता धान गोदामको पालेले लगाउनेभन्दा पनि कमसल रहेको’ गुनासो गरेका थिए। तर, अहिले उनैमाथि गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीको पोसाक खरिदमा अनियमितता गरेको गम्भीर आरोप लागेको छ। उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी परेपछि अध्ययन तथा अनुसन्धान भइरहेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

निर्वाचन प्रहरी पोसाक खरिदबारे पूर्व गृहमन्त्री अर्याल र आईजीपी कार्की अनुसन्धानको दायरामा

काठमाडौँ । फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो। सशस्त्र प्रहरीले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेर निर्वाचनमा परिचालन गरेको थियो। ४० दिन निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई दुई वटा सुरक्षा निकायले जवान बराबर तलब, रासन र पोसाक उपलब्ध गराएका थिए । करिब ३ सातामा एउटै मापदण्डको पोसाक उपलब्ध गराउनुपर्ने चाप भएसँगै प्रहरी र सशस्त्रले मापदण्ड

प्रहरीको लेखा सरुवामा चलखेलको चर्चा, जिल्ला चलाइसकेकोले पुन:जिल्ला नपाउने

काठमाडौं । प्रहरीको लेखा सरुवा नजिकिँदै जाँदा आकर्षक कार्यालयमा पोस्टिङका लागि संगठनभित्र तिब्र दौडधूप र लबिङ बढ्दै गएको छ। यस पटकको सरुवामा भने एक पटक जिल्ला चलाइसकेकोले पुन:जिल्ला नपाउने मापदण्ड समेत तयार भएको स्रोत बताउछ। यस पटक ६ वर्ष कार्यकाल पुरा भएका तीन दर्जन वढी लेखापाल आउट हुने भएका छन । प्रहरीमा एउटा कार्यालयमा दुई वर्ष लेखापाल भएर काम गरेका लेखापालहरुको प्रहरी प्रधान कार्यालयले हरेक वर्षको असार मसान्तभित्र सरुवा गर्दै

तीन सहमहामन्त्रीका लागि एक दर्जन वढी उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तीन सहमहामन्त्री पदमा १५ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। सहमहामन्त्री पदमा दुई खुला र एक महिला गरी तीन जना निर्वाचनबाट चुनिन्छन्। बाँकी दुई जनालाई सभापतिले मनोनीत गर्नेछन्।  चुनाव हुने सहमहामन्त्रीमा खुलातर्फ असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त उम्मेदवार छन्। महिला सहमहामन्त्रीतर्फ जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा

संस्थापकका नाममा भएको गुटबन्दी अस्वाभाविक : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी निर्वाचनमा संस्थापन पक्षले गठबन्धन गरेपछि उमेदवार मनिष झाले प्रश्न उठाएका छन् । उनले नेताहरूले विगतमा गरेको घोषणाविपरीत गुटबन्दी भएको भन्दै प्रश्न उठाएका हुन् ।  रास्वपाको महामन्त्रीमा उमेदवारी घोषणा गरेका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, संसदीय दलका उपनेता गणेश पराजुली, सचिवालयको नेतृत्व गरेका प्रमोद न्यौपानेले संस्थापकलाई महामन्त्री बनाउन भन्दै उमेदवारी फिर्ता लिएका छन् । उनीहरूले संस्थापकमध्येका विपीन आचार्यलाई समर्थनको घोषणा समेत गरेका छन् । महामन्त्रीका

स्याङ्जामा बलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु, २० जना घाइते

पोखरा । स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्ली डाँडास्थित मिर्दि–चापाकोट सडक खण्डमा शुक्रबार एउटा डवल क्याप बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५ नम्बरको जिप सडक छेउमा पल्टिएर दुर्घटना भएको हो। दुर्घटनामा परी वालिङ नगरपालिका वडा नं. ७ बस्ने २५ वर्षीय राजेन्द्र बिरकट्टाको ज्यान गएको प्रहरीले जनाएको छ। क्षमताभन्दा बढी यात्रु बोकेको उक्त जिपमा कुल २२ जना सवार थिए

डीआईजी थपलियाको असुलीधन्दा ! चोख्याउने उपायले आईजी कार्की संशयको घेरामा

काठमाडौं– केही दिनअघि मात्र गृहमन्त्री सुदन गुरुङले मधेस प्रदेश प्रहरीको जिम्मेवारी खोसेर उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेका प्रहरी नायव महानिरिक्षक (डीआईजी) गोविन्द थपलियाको तस्करीमा संलग्नसम्मको लाइन रहेको पत्ता लागेको छ। महोत्तरीदेखि धनुषालगायतका सीमा क्षेत्र हुँदै तस्करीमा संलग्नसँग थपलियाले रकम उठाउनका लागि घुमुवा परिचालन गरेको खुलेको हो। आफ्नो पोल खुल्ने डरले उनले मधेस प्रदेशका विभिन्न जिल्ला प्रहरी उपरिक्षक (एसपी)लाई स्पष्टीकरण सोध्ने, तल्ला दर्जाका कर्मचारीलाई यातना दिनेसम्मको काम गरेका थिए।  एक

एसईईको को नतिजा सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने नतिजा? 

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक गर्ने तयारीसँगै नतिजा प्राप्त गर्ने विभिन्न माध्यमहरूको सूची सार्वजनिक गरेको छ। कार्यालयले एक सूचना प्रकाशित गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस (SMS), आईभीआर (IVR) र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको हो। एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिकापरीक्षार्थीहरूले तल दिइएका सर्टकोडहरूमा एसएमएस पठाएर वा फोन गरेर आफ्नो