विराटनगर विमानस्थलबाट स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ


  • विराटनगर विमानस्थलबाट स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ
  • विराटनगर । विराटनगर विमानस्थलमा सुरक्षा जाँचका क्रममा प्रहरीले स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित दुई यात्रुलाई नियन्त्रणमा लिएको छ।

    विराटनगरबाट काठमाडौँतर्फ उडान भर्न लागेका फरक–फरक एयरलाइन्सका यात्रुहरूबाट झोलाभित्र लुकाइएको अवैध नगद बरामद भएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्।



  • पहिलो घटना शुक्रबार साँझ करिब ८ बजे भएको हो। बुद्ध एयरको उडानमार्फत काठमाडौँ जान लागेका सुनसरीको धरान–१८ का ३५ वर्षीय दिलीप तामाङमाथि शंका लागेपछि सुरक्षाकर्मीले जाँच गरेका थिए। जाँचका क्रममा उनको झोलाबाट स्रोत नखुलेको ११ लाख रुपैयाँ फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको थियो।

    त्यस्तै शनिबार दिउँसो करिब ३:३५ बजे अर्को घटना सार्वजनिक भयो। श्री एयरलाइन्सबाट काठमाडौँ आउन लागेका भारतको माल्दा जिल्ला सुजागञ्ज निवासी ३६ वर्षीय मोहिदिल अलिको झोला जाँच गर्दा १५ लाख ९८ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *