काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भोलि भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गर्दैछ । नेकपा बनेपछि सातै प्रदेशमा सन्देश सभा गरेको पार्टीले भोलि पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा सभा आयोजना गर्न लागेको हो ।

उक्त सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई नेकपाले आह्वान गरेको छ । पार्टीका नेता राजेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार बसेको तयारी बैठकले सभालाई व्यवस्थित बनाउन मातहतका कमिटीलाई समन्वय तथा सहकार्य गर्न निर्देशन दिएको हो ।



