रविबारे अदालतको आदेश स्वागतयोग्य छ-बाबुराम भट्टराई


  • रविबारे अदालतको आदेश स्वागतयोग्य छ-बाबुराम भट्टराई
  • काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक डा.बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई अदालतद्वारा सशर्त धरौटीमा रिहा गर्न दिएको आदेश स्वागतयोग्य रहेको बताएका छन्। 

    रविलाई धरौटीमा रिहा गर्न दिएको आदेश मुद्दा अघि बढाउन गरिएको निर्णय विधिको शासन, सहकारी पीडितको हित र राजनीतिक उपयुक्तता सबै हिसाबले स्वागतयोग्य रहेको उनको भनाइ छ।



  • पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भनेका छन्, ‘यसले उहाँलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनताबीच गएर जनअनुमोदन प्राप्त गर्ने र सहकारी पीडितहरूले पनि आफ्नो गहिरो पीडाको सम्बोधन कानुनी रूपबाटै प्राप्त गर्ने मार्ग प्रशस्त गरेको छ।’

    रविबारे आफूले गत वर्षदेखि पटक-पटक उठाउँदै आएको कुरा अदालतबाट भएको बताए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *