काठमाडौं । लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ धरानमा प्रदर्शन हुने भएको छ । यही पुस १३ गते बिहान ८ : १५ बजे फ्रेन्ड्स सिनेमा बराह मलमा विशेष प्रदर्शन हुने निर्माणपक्षले जनाएको छ ।
धरानमा बिहीबार याक्थुङ् फिल्म्सद्वारा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
याक्थुङ् फिल्म्सद्वारा निर्मित चलचित्र ‘मिम्लेन् फूङ्’ प्रेम, पीडा, सामाजिक कुसंस्कार, आत्म–जागरणको यात्रा, युद्धमा श्रीमान गुमाएकी विधुवाले समाजको हेला, औपनिवेशिक मूल्य–मान्यतासँग जुध्दै, आफ्नो प्रेम र व्यक्तिगत स्वतन्त्रताबीच उभिएर अन्ततः नयाँ पहिचान दिने साहसिक कथामाथि निर्माण गरिएको बताइएको छ ।

ताप्लेजुङको विभिन्न ऐतिहासिक एवं रमणीय स्थलहरुमा छायांकन गरिएको चलचित्रलाई रनवीर लिम्बू ‘रवि सेर्मा’ले निर्देशक गरेका छन। कथा/पटकथा/संवाद आशराज बोखिमको रहेको छ ।
चलचित्रमा हरिमाया मादेन, जीवन केदेम, कृष्ण लिङखिम, कुमार लक्सम्बा, रेन्सा खेवा लिम्बू, कमिता तुम्बापो, नेत्र बोखिम, मैना बोखिम खोयाहाङ लगायतको अभिनय रहेको छ ।



