हत्या गरेको अभियोगमा पूर्वमुख्यमन्त्रीका भाइ महावीर पक्राउ


  • हत्या गरेको अभियोगमा पूर्वमुख्यमन्त्रीका भाइ महावीर पक्राउ
  • बर्दिया । बर्दियामा दाङ तुलसीपुरका २७ वर्षीय निरज चौधरीको गोली हानी हत्या गरेको अभियोगमा महावीर चौधरी पक्राउ परेका छन् । महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ हुन् ।

    उनलाई कैलालीको पैलारी गाउँपालिका- ५ बाट आज बिहान ३ बजे पक्राउ गरिएको बर्दिया प्रहरी प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए । उनका अनुसार हत्यामा प्रयोग भएको पेस्तोल पनि प्रहरीले बरामद गरेको छ ।



  • महावीरले यही मंसिर १९ गते बिहानै बर्दियाको राजापुर-४ स्थित हमार थारु घर रेष्टुरेन्टमा काम गर्ने २७ वर्षीय चौधरीलाई गोली हानी हत्या गरेका थिए ।

    बिदेश पठाइदिने भनी लगेको पैसा फिर्ता माग्दा महाविरले गोलि चलाएको प्रहरीले जनाएको छ । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *