‘गोबर गणेश’को फर्स्टलुक सार्वजनिक, संघर्षसंगै प्रेमको झलक


  • ‘गोबर गणेश’को फर्स्टलुक सार्वजनिक, संघर्षसंगै प्रेमको झलक
  • काठमाण्डौ । लोकप्रिय हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को डेब्यु निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक पोस्टरमा फिल्मका मुख्य जोडी वर्षा सिवाकोटी र निर्देशक श्रेष्ठलाई देख्न सकिन्छ । दुवै खुसी मुद्रामा देखिएका छन् ।




  • वर्षा साइकल जडित रिक्सा चलाइरहेकी छन् भने घाँटीमा सिट्टी झुन्ड्याएर मरिचमान बसेका छन् । पृष्ठभूमिमा सहरका बाक्ला घरहरू छन् । निर्माण पक्षले पोस्टरमार्फत फिल्मका मुख्य पात्रको संघर्षसंगै प्रेम सम्बन्धलाई देखाउने प्रयास गरेको देखिन्छ ।

    आगामी माघ १ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा मरिचमान र वर्षासंगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । फिल्ममा शिवराम श्रेष्ठको डीओपी तथा विपिन मल्लको सम्पादन छ । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *