रातोखरी

पूर्वएआईजी पोखरेल रास्वपा प्रवेश गर्दै

काठमाडौं । प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।उनीसहितको पार्टी प्रवेश कार्यक्रम आजै रास्वपा केन्द्रीय कार्यालयमा आयोजना गरिँदै छ । नेपाल प्रहरीको आइजीपीका निर्विकल्प दाबेदार भएका बेला तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अन्यायपूर्वक उनलाई रोकेर १७ महिना जुनियर एआइजी धिरज प्रताप सिंहलाई आइजीपी बनाएको थियो । धिरजप्रताप सिंहले आइजीपी बन्न २० करोडभन्दा बढी रकम लगानी गरेको आरोप समेत लागेको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको

खडक र पुर्णलक्ष्मीलाई म्याराथन उपाधि, एन्जल्सलाई ट्रफी

नेपालगन्ज । नेपाली सेनाका खडक बहादुर खड्का र पुर्णलक्ष्मी न्यौपानेले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् ।शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले दुई लाख नगद र पुर्णलक्ष्मीले नगद ७५ हजार सहित ट्रफी, पदकले पुरस्कृत भए ।म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ सेकेन्डमा दुुरी पुरा गर्दै देशकै सरल कोर्ष मानिएको नेपालगन्जमा गतबर्षको रेकर्ड ब्रेक गर्न सफल भएका हुन् । उनले लगातार दोस्रो पटक र समग्रमा

चर्चित रेडियोकर्मी दिपेन्द्र खनिया मृत अवस्थामा भेटिए

हास्यव्यङ्ग्य रेडियो ‘रेडियो अडियो’का मालिक दीपेन्द्र खनियाँले आफ्नै रेडियो स्टेशन भएको घरमा झुण्डिएर दुखद मृत्यु बरण गरेका छन् । नयाँ बानेश्वर हाइटस्थित रेडियो भवनमा उनी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको छ । विशेषगरी हास्यव्यङ्ग्यकर्मीहरु उत्पादन गर्ने थलोको रुपमा चर्चित उक्त स्टेशनले रेडियो प्रशारणमा नयाँ शैली अपनाएको थियो । वरिष्ठ सञ्चारकर्मी गोपाल गुरागाईंका छोरीज्वाईं खनियाँ प्रारम्भमा उनै गुरागाईंको कम्युनिकेसन कर्नरमा कार्यरत थिए ।  केही समय रेडियो सगरमाथामासमेत काम गरेका उनी

अण्डाको मूल्य प्रतिक्रेट ५५ ले बढ्यो

चितवन । अवैध अण्डा रोकिएपछि नेपाली किसानले अण्डाको लागत मूल्य पाएका छन् । निर्वाचनका कारण भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको अण्डा रोकिएको छ । नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको हो । किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा भारी वृद्धि भएको हो । यसअनुसार अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय २०,

एनपीएलमा विराटनगर किंग्सको लगातार दोस्रो जित

काठमाडौं  । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ।  विराटनगरले आज काठमाडौं गोर्खाजलाई सहजै ५ विकेटले पराजित गर्यो। विराटनगर किंग्सले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ ओभर एक बलमा ५ विकेट गुमाएर पूरा गर्यो । विराटनगरका लागि जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाए । लोकेश बलमे १४, मार्टिन गुप्टिल २५, बसिर अहमद १९ र नरेन भट्टले २४ रनको योगदान दिए । शुभम रञ्जाने ६

देशमा अराजकताको राज लामो समय टिक्दैन-ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको राज धेरै लामो समय नटिक्ने बताएका छन् । शनिवार एमालेको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै ओलीले देशको अहिलेको अवस्थालाई एमालेले छिटै अन्त्य गर्ने दाबी गरेका हुन् ।  ओलीले वर्तमान सरकार संविधान र लोकतान्त्रिक विधि मिचेर र असंवैधानिक तवरले गठन भएको उल्लेख गर्दै सरकारले नै देशमा अराजकता, हिंसा र लुटपाटलाई प्रश्रय दिएको आरोप लगाए । जेनजीका नाममा केही व्यक्ति बोलाएर, तालिम दिएर सुशासनका

चुनावमा भाग लिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले चुनाव भाग लिने निर्णय गरेको छ। सानेपामा बसेको केन्द्रीय समिति बैठकले चुनावमा भाग लिने निर्णय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले बताए। महाधिवेशनबारे थप निर्णय गर्नको लागि बैठक फेरि ११ गते बस्ने बताए। बैठकले निर्वाचनको माध्यबाट नै संविधानको रक्षा गर्ने निष्कर्ष निकालेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए। उनले भने, ‘प्रतिनिधि सभा विघटन र निर्वाचनको मिति घोषणा भइसकेको अवस्था यो विषय राजनीतिक मात्रै नभए संवैधानिक पनि हो। सर्वोच्च

११ औं नेपालगन्ज म्याराथनको उपाधि खड्का र हाफ म्याराथनको न्यौपानेलाई

नेपालगंज । नेपाली सेनाका धावक खड्कबहादुर खड्काले धारा नेपालगन्ज म्याराथन र सेनाकै पूर्णलक्ष्मी न्यौपानेले हाफ म्याराथन महिलातर्फको उपाधि जितेका छन् । शनिवार नेपालगन्जमा भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ सेकेन्डमा दूरी पुरा गर्दै देशकै सरल कोर्ष मानिएको नेपालगन्जमा गतबर्षको कीर्तिमान तोड्न सफल भएका हुन् । उनले लगातार

सिमरामा गोली चल्यो

सिमरा । सिमरामा जेनजी आन्दोलनका क्रममा प्रहरीले एक राउण्ड हवाइ फायर गरेको छ । जेन-जी प्रदर्शनकारीलाई सडक प्रदर्शन रोक्न गरिएको अनुरोध नमानेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन एक राउड हवाई फायर र तीन राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताएका छन् । बुधबार सिमरामा जेनजीमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै उनीहरूले प्रदर्शन चर्काएका हुन् । जेनजी समूह अहिले छलफलमा बसिरहेको छ ।

अमेरिकाबाट फेरि ३५ नेपाली ‘डिपोर्ट’

काठमाडौं । अवैध आप्रवासी फर्काउने क्रममा अमेरिकाले थप ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ । अमेरिकाले फर्काएका एक महिलासहित ३५ जनालाई परिवारको जिम्मा लगाएर पठाइएको मानव वेचविखन व्युरोका प्रवक्ता एसपी विश्वराज खड्काले नेपाल प्रेसलाई जानकारी दिए । त्यस्तै चीनिया गिरोहले म्यानमारमा लगेर अवैध काममा लगाएका ३७ जनालाई पनि त्यहाँको सरकारले उद्दार गरेर नेपाल पठाएको खड्काले बताए। थाइल्याण्ड हुँदै म्यानमार लगिएका नेपालीलाई साइबर स्क्यामिङको काममा लगाइएको थियो । अमेरिकाबाट फर्काइएकामध्ये ३३