सिमरा । सिमरामा जेनजी आन्दोलनका क्रममा प्रहरीले एक राउण्ड हवाइ फायर गरेको छ ।
जेन-जी प्रदर्शनकारीलाई सडक प्रदर्शन रोक्न गरिएको अनुरोध नमानेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन एक राउड हवाई फायर र तीन राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताएका छन् ।

बुधबार सिमरामा जेनजीमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै उनीहरूले प्रदर्शन चर्काएका हुन् ।
जेनजी समूह अहिले छलफलमा बसिरहेको छ ।



