पूर्वएआईजी पोखरेल रास्वपा प्रवेश गर्दै


  • पूर्वएआईजी पोखरेल रास्वपा प्रवेश गर्दै
  • काठमाडौं । प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।उनीसहितको पार्टी प्रवेश कार्यक्रम आजै रास्वपा केन्द्रीय कार्यालयमा आयोजना गरिँदै छ ।

    नेपाल प्रहरीको आइजीपीका निर्विकल्प दाबेदार भएका बेला तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अन्यायपूर्वक उनलाई रोकेर १७ महिना जुनियर एआइजी धिरज प्रताप सिंहलाई आइजीपी बनाएको थियो ।



  • धिरजप्रताप सिंहले आइजीपी बन्न २० करोडभन्दा बढी रकम लगानी गरेको आरोप समेत लागेको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा डीआइजीबाट एकल एआइजी बढुवा भएका पोखरेल आइजीपी नियुक्तिमा अन्यायमा परेको भन्दै सर्वोच्च अदालत गएका थिए । तर अदालतबाट उनको पक्षमा आदेश नआएपछि राजीनामा दिएर हिँडेका थिए ।

    उनले आइजीपी बन्न आफूसँग त्यसबेला आरजु देउवाको तर्फबाट केही मानिसले रकमको बार्गेनिङ गरेको समेत बताएका छन् ।नेपालप्रेस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *