रातोखरी

ललितपुर र धनुषामा २ युवकको हत्या

काठमाण्डौ धनुषा र ललितपुरमा दुई युवाकाे हत्या भएको छ । धनुषामा गएराति एक जना युवकको हत्या भएको हाे । घरमै रहेका वेला बोलाएर दुई सय मिटर पर पुगेपछि गोली हानी २५ वर्षीय अरुण मण्डलको हत्या भएको हो ।प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए अनुसार घटना सबैला नगरपालिका–७ को हो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । यस्तै ललितपुरको गोदावरी नगरपालिका, टौखेलमा एक जना युवक

विवाहको ४७ औं वार्षिकोत्सवमा अमिताभले खोले रहस्य

काठमाण्डौ सामाजिक सञ्जालमा सक्रिय अभिनेता अमिताभ बच्चनले विवाहको ४७ औं वार्षिकोत्सवको समयमा इन्स्टाग्राममा आफ्नो विवाहको फोटो सेयर गरेका छन् । उनले विवाहको तस्बिरसँगै बुधबार केही रहस्य पनि खोलेका छन् । ४७ औं वर्षअघि अभिनेत्री जयासँग वैवाहिक बन्धनमा बाँधिएका उनले जयासँग हतार हतारमा विवाह गर्नुपर्ने कारण खुलाएका छन् । क्याप्सनमा अमिताभले लेखेका छन्, “४७ वर्ष…आज..जुन ३, १९७३…!! यदि ‘जन्जिर’ ले बक्स अफिसमा राम्रो व्यापार गर्‍यो भने हामी (जया) केही अरू साथीहरूसँग

लकडाउनकै विचमा काठमाण्डौका व्यापारीले खोले पसल, भोलिदेखि सबै पसल बिहान ११ बजेसम्म खुल्ने

काठमाण्डौ विश्व महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड -19) को कारण लामो समय वन्दावन्दिको मारमा परेका काठमाडौंका व्यापारीहरूले आज लकडाउनकै विचमा सबै प्रकारका पसलहरू खुला गरेका छन्। बिहीबार बिहान काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्युरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोकलगायत क्षेत्रका पसलहरू खुला भएका छन् । आज केही पसल खुलेको भए पनि भोलिदेखि सबै पसल बिहान ११ बजेसम्म खुला हुने महासंघका अध्यक्ष नरेश कटुवालले वताए । पसलहरू खुला भए पनि नेपाल

सप्तरीमा दुई समूहबीच झडप,१५ जना घाइते

सप्तरी २१ जेष्ठ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ८ राउण्ड हवाई फायर गर्नु परेको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए । जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको हो । दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गरेका थिए । घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । समयमा पुगेको प्रहरीले घटनालाई

लकडाउनका कारण सयाै संख्यामा चलचित्र प्राविधिकहरु वेराेजगार, कसरी बाँच्ने चिन्ता

काठमाण्डाै आर. सापकाेटा तिव्र रुपमा फैलिरहेकाे नाेवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वका पाँच दर्जन वढि देशहरुमा महामारीका रुपमा फैलिरहेकाे छ ।  नेपालमा पनि यो भाइरस देखिएसँगै आफ्ना नागरिकलाइ सुरक्षीत राख्न सरकारले चैत्र ११ गतेवाट लकडाउनको घोषणा गरेपछि हरेक क्षेत्र स‌गै फिल्मी क्षेत्रपनी प्रभावित भएकाे छन् । अन्य क्षेत्र जस्तै फिल्म क्षेत्रमा पनि लकडाउनपछि कुनै गतिविधि भएका छैनन् । सिनेमा हल पूर्ण रुपले बन्द हुँदा प्रदर्शनको मिति कुरेर वसिरहेका

लकडाउनको ६८ दिनपछी सल्यानमा पहिलो पटक २५ जनामा कोरोना पुष्टि

सुर्खेत १८ जेठ । कर्णाली प्रदेशको सल्यानमा पहिलो पटक २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश अस्पतालको पशुपंक्षी रोगअन्वेषण प्रयोगशाला सुर्खेतमा भएको पिसिआर परिक्षणमा जिल्लाका २५ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमितहरू सबै बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ का १९, २०, ४० र ६० वर्षका गरी ४ जना, वडा नम्वर २ का १९ वर्षिय १ जना, वडा नम्वर ३ का १७, २७, २७ र ३८

विकास बोर्डको अध्यक्ष पदमा दश जना विच कडा प्रतिष्पर्धा

काठमाण्डौ १७ जेष्ठ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागी दश जना विच कडा प्रतिष्पर्धा हुने भएको छ । आवेदन दिइ प्रतिस्प्रधा गर्नेहरुमा निर्देशक तथा विकास बोर्डका सदस्य दयाराम दाहाल, अभिनेता भुवन के, सी।, निर्माता तथा संगीतकार अर्जुन कुमार डंगोल, साँस्कृतिक संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा, कलाकार भगवती कुमारी मैनाली उप्रेती ९भीमा०, ध्यान बहादुर राई, परशुराम चौधरी, कलाकार सोहित मानन्धर, निर्देशक राजेन्द्र कुमार उप्रेती र निर्देशक दिपक श्रेष्ठ रहेका छन्

लकडाउन जेठ ३२ सम्म, सेना पनि परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं १७ जेष्ठ । सरकारले कोरोना भाइरस ९कोभिड १९ को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिए । साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ । मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक