चर्चित रेडियोकर्मी दिपेन्द्र खनिया मृत अवस्थामा भेटिए


  • चर्चित रेडियोकर्मी दिपेन्द्र खनिया मृत अवस्थामा भेटिए
  • हास्यव्यङ्ग्य रेडियो ‘रेडियो अडियो’का मालिक दीपेन्द्र खनियाँले आफ्नै रेडियो स्टेशन भएको घरमा झुण्डिएर दुखद मृत्यु बरण गरेका छन् । नयाँ बानेश्वर हाइटस्थित रेडियो भवनमा उनी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको छ ।

    विशेषगरी हास्यव्यङ्ग्यकर्मीहरु उत्पादन गर्ने थलोको रुपमा चर्चित उक्त स्टेशनले रेडियो प्रशारणमा नयाँ शैली अपनाएको थियो । वरिष्ठ सञ्चारकर्मी गोपाल गुरागाईंका छोरीज्वाईं खनियाँ प्रारम्भमा उनै गुरागाईंको कम्युनिकेसन कर्नरमा कार्यरत थिए । 



  • केही समय रेडियो सगरमाथामासमेत काम गरेका उनी झण्डै दुई दशकदेखि आफ्नै रेडियो रेडियो अडियोमा सक्रिय हुन थाले । केही चलचित्रमा लगानी गरेका उनी पछिल्लो समय व्यवसायमा आर्थिक संकटबाट गुज्रेको प्रहरीको अनुमान छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *