अमेरिकाबाट फेरि ३५ नेपाली ‘डिपोर्ट’


  • अमेरिकाबाट फेरि ३५ नेपाली ‘डिपोर्ट’
  • काठमाडौं । अवैध आप्रवासी फर्काउने क्रममा अमेरिकाले थप ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ ।

    अमेरिकाले फर्काएका एक महिलासहित ३५ जनालाई परिवारको जिम्मा लगाएर पठाइएको मानव वेचविखन व्युरोका प्रवक्ता एसपी विश्वराज खड्काले नेपाल प्रेसलाई जानकारी दिए ।



  • त्यस्तै चीनिया गिरोहले म्यानमारमा लगेर अवैध काममा लगाएका ३७ जनालाई पनि त्यहाँको सरकारले उद्दार गरेर नेपाल पठाएको खड्काले बताए। थाइल्याण्ड हुँदै म्यानमार लगिएका नेपालीलाई साइबर स्क्यामिङको काममा लगाइएको थियो ।

    अमेरिकाबाट फर्काइएकामध्ये ३३ जना अवैध बाटोबाट पुगेकाहरु रहेको र उनीहरु ५० लाखदेखि एक करोडसम्म दलाललाई बुझाएर गएको पाइएको छ । ३३ मध्ये १६ जना दाङका र १० जना रुकुमका रहेको खड्काले बताए । बाँकी २ जना विद्यार्थी र पर्यटक भिसामा गएर अवैधरुपमा बसेबापत जेल परेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *