११ औं नेपालगन्ज म्याराथनको उपाधि खड्का र हाफ म्याराथनको न्यौपानेलाई


  • ११ औं नेपालगन्ज म्याराथनको उपाधि खड्का र हाफ म्याराथनको न्यौपानेलाई
  • नेपालगंज । नेपाली सेनाका धावक खड्कबहादुर खड्काले धारा नेपालगन्ज म्याराथन र सेनाकै पूर्णलक्ष्मी न्यौपानेले हाफ म्याराथन महिलातर्फको उपाधि जितेका छन् । शनिवार नेपालगन्जमा भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए ।

    म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ सेकेन्डमा दूरी पुरा गर्दै देशकै सरल कोर्ष मानिएको नेपालगन्जमा गतबर्षको कीर्तिमान तोड्न सफल भएका हुन् । उनले लगातार दोस्रो पटक र समग्रमा नेपालगन्ज म्याराथनको विजेता ट्रफीमा ह्याट्रिक गरेका हुन् । गत वर्ष २ घन्टा १७ मिनेटमा दौड पूरा गरेका थिए।

    आर्मीकै सुशीलकुमार शाहीले २ घण्टा १६ मिनेट ४० सेकेन्डमा दूरी पुरा गर्दै दोस्रो स्थान हासिल गर्दै १ लाख रुपैयाँ र पदकबाट पुरस्कृत भए ।

    तेस्रो स्थानमा आउन सफल नेपाल एपिएफ क्लबका गोपीचन्द्र पार्कीले २ घण्टा १९ मिनेट १५ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दा ५० हजार रुपैयाँ र पदकबाट पुरस्कृत भएका हुन् ।



  • हाफ म्याराथनमा पूर्णलक्ष्मीले १ घण्टा २१ मिनेट २७ सेकेन्डमा निर्धारित दूरी पुरा गर्दै पहिलो स्थान प्राप्त गरिन् ।

    फुलमती रानाले १ः२७ः२२ घण्टा, जुम्लाकी सुनदीवा बुढाले १ः२७.३९ घण्टा, पुष्पा आचार्यले १ः३५.०१ घण्टा, अमिता राईले १ः४७.२९ घण्टा समय निकाल्दै शीर्ष ५ स्थान हासिल गरे । 

    उनीहरु क्रमशः ७५ हजार, ५० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित पदकले पुरस्कत भए । पूर्णलक्ष्मीको यो दोस्रो उपाधि हो। यसअघि उनले पाँचौं संस्करणमा उपाधि जितेकी थिइन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *