समाचार

आजदेखि कक्षा १२ को परीक्षा सुरु, चार लाख वढी विद्यार्थी सहभागी हुँदै

काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षा आज (वैशाख १४) देखि सुरु हुँदै छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ ।  वैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को परीक्षाको व्यवस्था भने नगरिने बोर्डले जनाएको छ । परीक्षामा नियमिततर्फ तीन लाख ३२

उत्कृष्ट प्रहरी नै घुससहित पक्राउ

पोखरा । कास्कीमा उत्कृष्ट प्रहरीका रूपमा सम्मानित एक हवलदार घुससहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार साँझ रंगेहात नियन्त्रणमा लिएको हो। अख्तियारका अनुसार उनले लागूऔषधसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रकम मागेका थिए। सोही क्रममा ५० हजार रुपैयाँ लिँदै गर्दा उनलाई पक्राउ गरिएको जनाइएको छ। स्रोतका अनुसार उक्त मुद्दा मिलाउन करिब ३ लाख रुपैयाँसम्मको डिल भएको थियो। थापा यसअघि २०८१

राईजिङ स्टार क्लब र सीतापुर युनाईटेड विजयी

नेपालगंज । राईजिङ स्टार क्लब र सीतापुर युनाईटेड बर्दियाले दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगितामा आज सोमबार जित हासिल गरेका छन् । बाँके खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा भएको पहिलो खेलमा राईजिङ स्टार क्लबले २७ स्टार क्लबलाई १–० ले पराजित गरेको छ । खेलमा २७ स्टार क्लबको तर्फको आत्मघाती गोल भएको थियो । खेलमा राईजिङ स्टारका क्षितिज रानाले प्लेयर अफ द म्याचको ट्रफी जिते। यसैगरी सोमबारको

मेरो १७ वर्षको मेहनत १७ सेकेन्डमै समाप्त भयो- सागर लाम्साल

काठमाडौँ । अभिनेता सागर लम्साल ‘बले’को १७ वर्ष लामो करियर एक युवतीले फेसबुकमार्फत लगाएको बलात्कारको आरोपका कारण गम्भीर मोडमा पुगेको छ ।  अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत लगाएको बलात्कारको आरोपपछि प्रहरी हिरासतमा रहेका सागरले मर्माहत हुँदै आफ्नो १७ बर्ष लामो प्रतिष्ठा १७ सेकेन्ड (क्षणभर)मै ध्वस्त भएको अभिव्यक्ति दिएका छन् । हिरासतमा रहेका सागरलाई भेट्न पुगेका निर्देशक राजु गिरीका अनुसार सागर आफ्नो वर्तमान अवस्था र बिग्रिएको छविलाई सम्झेर भक्कानिएर रोएका थिए

सिनमा ‘राम नाम सत्य’को  ट्रेलर नेपालसहित विश्वव्यापी ट्रेन्डिङमा

काठमाडौं । आगामी शुक्रबारवाट प्रदर्शनमा आउने सिनेमा ‘राम नाम सत्य’को ट्रेलरलाई दर्शकले सर्वाधिक रुचाएका छन् । गत बिहीबार सार्वजनिक गरिएको ट्रेलर विश्वव्यापी रूपमा युट्युबको ट्रेन्डिङमा परेसंगै सिनेमा हेर्न दर्शक आतुर रहेको आकलन गरिएको छ।  यतिबेला सिनेमाको ट्रेलर नेपालसहित १० देशमा ट्रेन्डिङमा देखिएको छ । Jituनेपालमा सिनेमातर्फको ट्रेन्डिङ चार्टको शीर्षस्थानमा रहेको ट्रेलर कतार, मलेशिया, रोमानिया, साउदी अरब, यूएइ, मलेशिया, जापान, अष्ट्रेलिया र साउथ कोरियामा समेत ट्रेन्डिङको शीर्ष २० भित्र परेको छ

नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्नु - शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका केही संस्थागत विद्यालयले शिक्षा विनियमावली र सर्वोच्च अदालतको आदशेको उलङ्घन गरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनु पूर्व नै विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुली गरेको सप्रमाण तथ्यहरू बाहिरिएका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सबै विद्यालयबाट उल्लेखित कानुनी व्यवस्था तथा सर्वोच्च अदालतको आदशेक अनुसार नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न गराउन आग्रह

गृहमन्त्रीलाई हर्कको प्रश्न –फेवाताल किनारको २० रोपनी जग्गाको खास कुरा के हो ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङलाई पोखराको २० रोपनी जग्गा प्रकरणबारे पत्रकार सम्मेलन गरेर जवाफ दिन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिपक्षी दलका हिसाबले गृहमन्त्रीसँग मागिएको जवाफ व्यक्तिगत नभएर जनताको भएको बताएका छन् । उनले जीबी राई पक्राउ गरेर रवि लामिछानेलाई न्याय दिनु पर्ने, भदौ २४ गतेको घटनाको पनि छानबिन हुनुपर्ने सरकारका दुई कार्यभारमा पोखराको जग्गा प्रकरण जोडिएकाले तत्काल जवाफ दिनु पर्ने

उद्घाटन खेलमा आयोजक योगिनी ‘बी’ को रोमाञ्चक जित

नेपालगंज । दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिता–२०८२को उद्घाटन खेलमा आयोजक योगिनी युवा क्लब ‘बी’ ले जित हासिल गरेको छ । योगिनी युवा क्लब ‘बी’ ले ब्रदर्श एफसी खजुरालाई हराउदै जित निकालेको हो । बाँके खजुरा गाउँपालिका -२ गौघाटस्थित योगिनी माविको खेल मैदानमा निर्धारित समय दुबै टिमले गोलरहित बराबरी खेलेका थिए ।पेनाल्टी सुटआउटमा दुबै टिमले ४–४ को बराबरी गोल गरेको थिए। पेनाल्टी सुटआउटमा पनि रोमाञ्चक बनेको खेलमा आठौ नम्बरमा आएका खेलाडी

पूर्व उर्जामन्त्री दिपक खड्का परे पक्राउ

काठमाडौं : पूर्व उर्जामन्त्री दिपक कुमार खड्का पक्राउ परेका छन् । नेपालको केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीले खड्कालाई पक्राउ गरेको हो ।  सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

समानुपातिकतर्फ रास्वपाको कटायो ५० लाख मत

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ । समानुपातिकतर्फ कुल एक करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको हो । गणना भएको मतको यो ४७.९१ प्रतिशत हो । यस्तै नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गर्दै दोस्रो स्थान कायमै राखेको छ । कांग्रेसले समानुपातिकतर्फ १६.२५ प्रतिशत