उद्घाटन खेलमा आयोजक योगिनी ‘बी’ को रोमाञ्चक जित


  • उद्घाटन खेलमा आयोजक योगिनी ‘बी’ को रोमाञ्चक जित
  • नेपालगंज । दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिता–२०८२को उद्घाटन खेलमा आयोजक योगिनी युवा क्लब ‘बी’ ले जित हासिल गरेको छ । योगिनी युवा क्लब ‘बी’ ले ब्रदर्श एफसी खजुरालाई हराउदै जित निकालेको हो । बाँके खजुरा गाउँपालिका -२ गौघाटस्थित योगिनी माविको खेल मैदानमा निर्धारित समय दुबै टिमले गोलरहित बराबरी खेलेका थिए ।
    पेनाल्टी सुटआउटमा दुबै टिमले ४–४ को बराबरी गोल गरेको थिए।

    पेनाल्टी सुटआउटमा पनि रोमाञ्चक बनेको खेलमा आठौ नम्बरमा आएका खेलाडी रितेश सुनारले निर्णायक गोल गर्दै योगिनीलाई सफलता दिलाए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका आयोजक योगिनीका गोलकिपर एवम् कप्तान सुरज थापा 'प्लेयर अफ द म्याच'बाट पुरस्कृत भए । सुरजलाई प्रतियोगिताको प्रायोजक हरित सिर्जना सामुदायिक वन उपभोक्ता समितिका कार्यबहाक अध्यक्ष याम बहादुर थापा र प्रतियोगिताको इन्टरनेट पार्टनर टेकमाइन्ड प्रालीका बाँके–बर्दिया मार्केटिङ म्यानेजर विजय बुढाले पुरस्कृत गरेका थिए ।

    योगिनी युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा बाँके र बर्दियाका १३ टिमको सहभागिता रहेको छ । आइतबार खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले प्रतियोगिताको उद्घाटन गरेकी थिइन ।



  • आामी २९ गते सम्म चल्ने प्रतियोगितामा मोडेल एफसी क्लब, सीतापुर युनाइटेड, जय किसान स्पोर्टस क्लब, मानवी स्पोर्टस क्लब, २७ स्टार क्लब, राईजिङ स्टार, एक्स आर्मी लेजेन्ड, चन्द्र ज्योती युवा क्लब, केवाईसी, योगिनी युवा क्लब ‘ए’ र एक्टिभ युवा क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५१ हजार, उपविजेताले २५ हजार पुरस्कार पाउने प्रतियोगिता संयोजक गणेश राईले बताए ।
    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक गणेश राईले बताए ।


    प्रतियोगिता अन्तर्गत सोमबार पहिलो खेल २७ स्टार क्लब र राईजिङ स्टारबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल मोडेल एफसी र सीतापुर युनाईटेडले प्रतिस्पर्धा गर्ने आयोजक क्लबले जनाएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *