गृहमन्त्रीलाई हर्कको प्रश्न –फेवाताल किनारको २० रोपनी जग्गाको खास कुरा के हो ?


  • गृहमन्त्रीलाई हर्कको प्रश्न –फेवाताल किनारको २० रोपनी जग्गाको खास कुरा के हो ?
  • काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङलाई पोखराको २० रोपनी जग्गा प्रकरणबारे पत्रकार सम्मेलन गरेर जवाफ दिन आग्रह गरेका छन्।

    उनले सामाजिक सञ्जालमार्फत प्रतिपक्षी दलका हिसाबले गृहमन्त्रीसँग मागिएको जवाफ व्यक्तिगत नभएर जनताको भएको बताएका छन् । उनले जीबी राई पक्राउ गरेर रवि लामिछानेलाई न्याय दिनु पर्ने, भदौ २४ गतेको घटनाको पनि छानबिन हुनुपर्ने सरकारका दुई कार्यभारमा पोखराको जग्गा प्रकरण जोडिएकाले तत्काल जवाफ दिनु पर्ने बताएका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘प्रिय सुदन गुरुङज्यू, तपार्इं देशको गृह मन्त्री बन्नु भएकोमा मैले बधाइ दिएको छैन । मलाई ‘हर्क दाइ’ भन्नु हुन्छ । त्यो साइनोले ‘भाइ हो तपाइँ मेरो’ मलाई ‘हर्कजी’ भन्नु हुन्छ । त्यो अर्थमा ‘साथी हो तपाइँ मेरो ।’ तर यो देशको विधि र संविधानलाई मान्दा तपाइँ ‘माननीय गृहमन्त्रीज्यू’ हुनुहुन्छ ।’



  • उनले भनेका छन्, ‘तपाईंले जेन्जी आन्दोलनको २३ गतेको घटनाका दोषीहरुलाई पक्रनु भो, धन्यवाद सबैले दिएका छन् । गलत काम गर्नेहरुको लिस्ट बनाएर कारबाही गर्दै हुनुहुन्छ । धन्यवाद छ । तर मैले सदनमा उठाएका दुइटा मुद्दा नबिर्सनु होलाः जेन्जी आन्दोलनको भदौ २४ गतेको घटनाको दोषीलाई कारबाही र जीबी राईलाई पक्रेर रबि दाईलाई न्याय दिने ।’

    उनले भनेका छन्, ‘काम गर्ने मान्छेको खुट्टा तान्छन्, अपजस पाइन्छ नै । तर पोखराको फेवातालमा २० रोपनी जग्गा तपार्इंको नाममा छ रे भन्ने खबरले सामाजिक संजाल तातिँदा नमज्जा लागेको छ । खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् । नैतिकताको सवाल खडा भयो । अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन् । तपार्इंलाई मान्दैनन् । प्रहरीले पनि टेर्न छाड्छन् ।’

    ‘यसपछि मात्रै गृहमन्त्रीलाई बधाई दिनेछु,’ उनले भनेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *