मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा सभा हुने
काठमाडौं । संरक्षक कुलमान घिसिङको नेतृत्व–मार्गदर्शनमा गठन भएको उज्यालो नेपाल पार्टी आगामी मंसिर १७ गते औपचारिक रूपमा सार्वजनिक गरिने भएको छ। पार्टीले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घोषणासभाको विवरण सार्वजनिक गरेको हो। घोषणासभा प्रज्ञा भवन, कमलादीमा दिउँसो १ बजेबाट ४ बजेसम्म चल्नेछ। कार्यक्रमका प्रमुख अतिथि ऊर्जा मन्त्री तथा पार्टीका संरक्षक कुलमान घिसिङ रहनेछन्। सो अवसरमा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय तथा घोषणापत्र २०८२ सार्वजनिक गरिने बताइएको छ। पार्टीले जारी गरेको विज्ञप्तिअनुसार










