लौरो चुनाव चिन्ह बोकेर चुनावमा जाने बालेनको तयारी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आफ्नै पार्टी बनाउने गृहकार्यमा जुटेका छन् । रास्वपा सभापति रवि लामिछानेसँग ६ घण्टा वार्ता गर्दापनी ठोस सहमति नभएपछि उनले आफ्नै नेतृत्वका राजनीतिक दल बनाएर चुनावमा जाने तयारी थालेका हुन् । सभापति लामिछानेले बालेनलाई रास्वपामा समाहित गरेर लैजानेमात्र उद्देश्य राखेको बुझेपछि बालेनले कांग्रेस एमालेलगायतका दलमा रहेका लोकप्रिय फेससहित सामाजिक सञ्जाल र जनताबीच परिचित अनुहारहरू समेटेर अघि बढ्न खोजेका छन् । बालेनको स्वकीय सचिवालयका भूपदेव










