मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा सभा हुने


  • मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा सभा हुने
  • काठमाडौं । संरक्षक कुलमान घिसिङको नेतृत्व–मार्गदर्शनमा गठन भएको उज्यालो नेपाल पार्टी आगामी मंसिर १७ गते औपचारिक रूपमा सार्वजनिक गरिने भएको छ। पार्टीले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घोषणासभाको विवरण सार्वजनिक गरेको हो।

    घोषणासभा प्रज्ञा भवन, कमलादीमा दिउँसो १ बजेबाट ४ बजेसम्म चल्नेछ। कार्यक्रमका प्रमुख अतिथि ऊर्जा मन्त्री तथा पार्टीका संरक्षक कुलमान घिसिङ रहनेछन्। सो अवसरमा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय तथा घोषणापत्र २०८२ सार्वजनिक गरिने बताइएको छ।



  • पार्टीले जारी गरेको विज्ञप्तिअनुसार उज्यालो नेपाल पार्टीले आफ्नो सैद्धान्तिक धारणा, प्राथमिकता र कार्ययोजना स्पष्ट रूपमा सार्वजानिक गर्नेछ। विज्ञप्तिमा भनिएको छ- “हामी दलहरूको भीडमा थप एउटा मात्रै नयाँ दल होइनौँ। उज्यालो सपनालाई साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभवसहित आएका हौँ। आम नेपाली जनताले विश्वास गरेको, कामले प्रमाणित नेतृत्व हाम्रो साथ छ।”

    पार्टीले समान सोच र दृष्टिकोण भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, सङ्घ–संस्था, सरोकारवाला समूह तथा व्यक्तिहरूसँग सहकार्य गर्न तयार रहेको पनि जनाएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *