समाचार

समानुपातिकतर्फ रास्वपाको कटायो ५० लाख मत

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ । समानुपातिकतर्फ कुल एक करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको हो । गणना भएको मतको यो ४७.९१ प्रतिशत हो । यस्तै नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गर्दै दोस्रो स्थान कायमै राखेको छ । कांग्रेसले समानुपातिकतर्फ १६.२५ प्रतिशत

जनार्दनको संसदिय यात्रामा आफ्नै प्रशिक्षार्थीले लगाए ब्रेक

रुकुम । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुकुम पश्चिममा माओवादी द्वन्द्वकालमा जनार्दन शर्माले प्रशिक्षण दिएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्मा विजयी भएका छन ।  शर्माले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजु केसीलाई ४ हजार ९४८ मतले पछि पार्दै विजयी भएका हुन ।  । कांग्रेसका उम्मेदवार केसीले १६ हजार ६६१ मत प्राप्त गरेका छन।  यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा भने १४ हजार ३४६ मत प्राप्त गर्दै तेस्रो स्थानमा

रास्वपाले १०० सिट कटाउदा, कांग्रेस १५, एमालेको ७

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १०० सिट कटाएको छ । जारी मतगणनामा आइतबार (फागुन २४) बिहान साढे ९ बजेसम्म रास्वपातर्फका उमेदवार १०३ क्षेत्रमा निर्वाचित भइसकेका छन् । २१ क्षेत्रमा रास्वपाका उमेदवार अगाडि छन् । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उमेदवार १५ क्षेत्रमा विजयी भइसकेका छन् । दुई क्षेत्रमा कांग्रेस उमेदवार अगाडि छन् । नेकपा (एमाले)का उमेदवार सात क्षेत्रमा निर्वाचित भएका छन् । चार क्षेत्रमा एमाले

सिराहा–१ मा बब्लु गुप्ताको शानदार जित

सिराहा । सिराहा क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पूर्व खेलकुद मन्त्री बब्लु गुप्ता ४१,२४५ मत प्राप्त गर्दै अत्यधिक मतान्तरका साथ विजयी भएका छन् । उनको यो ऐतिहासिक विजयले सिराहा क्षेत्र नं. १ का मतदाताहरूले परिवर्तन, विकास र जनताको पक्षमा काम गर्ने नेतृत्वप्रति देखाएको विश्वासलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ । जनताको अपार समर्थनका साथ प्राप्त यस जितले क्षेत्रको समृद्धि, सुशासन र विकासका

गगनको संसदीय यात्रामा सर्लाही बाट अमरेशले लगाए ब्रेक

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको १८ वर्षे संसदीय यात्रामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का अमरेश कुमार सिंहले ब्रेक लगाएका छन् । आइतबार बिहान सम्पन्न सर्लाही–४ को अन्तिम मतपरिणाम अनुसार अमरेशले गगनलाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका हुन्। अमरेशले ३५ हजार ६८८ मतले ल्याउँदा गगनले २२ हजार ८३१ मत प्राप्त गरे । गगन २०६४ सालदेखि संसदीय यात्रामा थिए । पहिलोपटक समानुपातिक प्रणालीबाट निर्वाचित उनले पछिल्लो ३ पटक काठमाडौं निर्वाचन

नवलपरासी-१ मा विक्रम ले हराए विनोद चौधरीलाई

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका विक्रम खनाल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका विनोद कुमार चौधरीलाई करिब ३५ हजार मतान्तरले पराजित गर्दै खनाल निर्वाचित भएका हुन् । खनालले ४५ हजार २४१ र चौधरी ९ हजार ५०२ मत पाए । एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६, जनता समाजवादी पार्टी नेपालका हृययेश त्रिपाठीले ७ हजार ८३२ र राप्रपाका नवनित कुमार मिश्रले एक हजार

सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भारी मतान्तरसहित अगाडि बढिरहेका छन्। निर्वाचन आयोगको मतगणना प्रणालीमा प्रविष्ट परिणामअनुसार हालसम्म सर्लाही क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई चार हजार ४३१ मतले पछाडि पारेका छन्। सिंहले ११ हजार ३८३ मत ल्याउँदा थापाले छ हजार ९५२ मत पाएका छन्। क्षेत्र नं ३ मा रास्वपाकै उम्मेदवार नरेन्द्र

काठमाडौं- ३ रास्वपाका राजु पाण्डेको अग्रता

काठमाडौ। काठमाडौं-३ मा सुरूआती अग्रता हासिल गरेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डेले उछिनेका छन्। पछिल्लो मतगणना अनुसार रास्वपाका पाण्डे २९६० मत पाएर अग्रस्थानमा छन् भने उज्यालो नेपालका घिसिङले २७०६ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। यहाँ नेपाली कांग्रेसका रमेश अर्यालले १०११ र नेकपा एमालेका रामेश्वर फुयालले ६९४ मत ल्याएका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुन्दरराम बोहराले २२९ मत ल्याउँदा नेपाली कम्युनिस्ट

काठमाडौं-३ बाहेक सबै क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौं। काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ। निर्वाचन आयोगले काठमाडौंका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण उपलब्ध गराएको हो। निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार काठमाडौं क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले दुई हजार ५५१ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका हिमाल कार्कीले ५४५, नेकपा (एमाले)का विनोद श्रेष्ठले २८६ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले २०४, उज्यालो नेपाल पार्टीका राकेश न्यौपानेले ७८ र नेपाली कम्युनिष्ट

भदौ २३ र २४ मा पहिला गोली चलेपछि सिंहदरबार जलेको हो - रबि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजी आन्दोलनमा पहिला गोली चलेको अनि सिंहदरबार जलेको बताएका छन् । शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । अझै पनि सिंहदरबार कसले जलाउने भन्ने प्रश्न उठिरहेको उल्लेख गर्दै लामिछानेले भने- ‘भदौ २३ र २४ मा पहिला गोली चल्यो अनि सिंहदरबार जल्यो। आजसम्म पनि सिंहदरबार कसले जलायो भन्छन्। सिंहदरबार त्यसैले जलायो, जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो, बालबालिकाहरूलाई