विशेष समाचार

सेवा हाईड्रोले आईपीओ निष्कासन गर्ने

काठमाडौं । सेवा हाईड्रो लिमिटेडले आइ्र्रपीओ निष्कासनको विशेष प्रस्तावसहित साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले यही मंसिर २७ गते काठमाण्डौको बानेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

दुर्गा प्रसाईँलाई ४ दिन म्याद थप

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा ४ दिन म्याद थप भएको छ । प्रसाईं अब कम्तिमा पनि ४ दिन प्रहरी हिरासत रहनेछन् । प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै सार्वजनिक शान्तिमा खलल पुग्ने गरी अभिव्यक्ति दिएको प्रहरीले बताएको छ ।  प्रसाईँलाई गएइराति भक्तपुरको ठिमीस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो ।

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे प्रधानमन्त्री कार्की

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरुले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । उनले मंगलबार कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको नेतृत्व गरिरहेका नेताहरूसँग भेटवार्ता गरेकी हुन् । भेटमा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल भएको नेता गुरुराज घिमिरेले जानकारी दिए । त्यसक्रममा प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनको तयारीमा लागेको सहयोग गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको घिमिरेले बताए ।

‘अभिमन्यु : च्याप्टर १’ को पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को पोस्टर आइतवार सार्वजनिक भएको छ। सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रको नयाँ पोस्टर एक कार्यक्रमकाविच निर्माणपक्षले सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको पोस्टरमा कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङदेल, गौमाया गुरुङ, प्रकाश दाहाललगायत कलाकारहरु समेटिएका छन् । मंसिर १८ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्र नेपाली र हिन्दी भाषामा नेपालका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिने

नयाँ दल दर्ताको समय आज सकिँदै

काठमाडौं । नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समयसीमा आज सकिँदै छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले कार्तिक मसान्तसम्म नयाँ दल दर्ता गर्न समय दिएको थियो । आयोगले तोकेको सो समय अवधि आज साँझ कार्यालय समयपछि सकिंदैछ । यो अवधिमा धेरै नयाँ दलहरू आयोगमा दर्ता भएका छन् । केहीले प्रमाणपत्र लिइसकेका छन् भने प्रक्रियामा रहेका दलहरुले आज प्रमाणपत्र प्राप्त गर्ने छन्

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

दिपेश राना/ काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो । भारतबाट डिजेल प्रतिलिटर ६.५३ पैसा मूल्य बढेर आए पनि ३ रुपैयाँ मात्रै मूल्य बढाएको हो । भने, पेट्रोल भारतबाट २.५४ रुपैयाँ मूल्य वृद्धि भएर आएको छ । निगमले उपभोक्ताको हितलाई मध्यनजर गरी भारतबाट बढेर आएको मूल्यभन्दा घटाएर मात्रै मूल्य

मंसिर ५ बाट ‘ऊनको स्वीटर’ भारतमा रिलिज हुँदै

काठमाण्डौं । यस वर्ष व्यावसायीक रुपमा सफल सिनेमा ‘ऊनको स्वीटर’ नोभेम्बर २१ (मंसिर ५) गतेदेखि भारतमा प्रदर्शन हुने भएको छ । भारतको केन्द्रीय फिल्म प्रमाणन बोर्डबाट सेन्सर पास भइसकेको सिनेमा नोभेम्बर २० मा सिक्किममा प्रिमियर गरिने निर्माण पक्षले जनाएको छ । अन्तरजातीय प्रेमकथामा आधारित यो सिनेमा पहिलो चरणमा भारतको राजधानी दिल्लीसहित नेपाली भाषीहरूको बसोबास रहेको दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसामसहितका सहरमा फिल्म प्रदर्शन हुने निर्देशक नवीन चौहानले बताए ।

लाखौँ ताराका लागि एउटै सूर्य काफी छ-पद्मा अर्याल

झापा : नेकपा (एमाले) की केन्द्रीय सचिव पद्मा अर्यालले झापामा आयोजित विशाल जनसभामा आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई लक्षित गर्दै “लाखौँ ताराका लागि एउटै सूर्य काफी छ” भन्ने संदेश दिएकी छन्। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापालाई उनले मुलुकको भविष्यको मार्गचित्रका रूपमा व्याख्या गर्दै झापाली जनताको निरन्तर भूमिका संविधानको रक्षामा निर्णायक रहेको बताइन्। एमाले झापाद्वारा बिर्तामोडमा आयोजना गरिएको जनसभामा अर्यालले झापा सदैव प्रतिगमनको विरुद्ध अग्रपंक्तिमा उभिने जिल्ला भएको उल्लेख गरिन्।

एनपीएल अवधिभर आन्दोलन नगर्न सबै दललाई पारस खड्काको आग्रह

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्काले नेपाल प्रिमियर लिग(एनपीएल)को समयमा आन्दोलन नगरिदिन दुर्गा प्रसाईंलगायतका दलहरुलाई आग्रह गरेका छन् । एनपीएलको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सचिव खड्काले एनपीएल अवधिभर कुनै पनि आन्दोलनका कार्यक्रमहरु गर्न आग्रह गरेका हुन् ।एनपीएल देशको लागि महत्वपूर्ण प्रतियोगिता भएकाले बाधक नबनिदिन अनुरोध गरे । यदि एनपीएलको समयमा आन्दोलन गर्ने सोच छ भने काठमाडौं बाहिर गएर गर्न समेत अनुरोध गरे ।उनले भने,‘ यो

फागुन २१ को निर्वाचन प्रतिक्रान्तिलाई वैधानिकता दिने हनी ट्र्याप हो-बादलले

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ मा गर्ने भनिएको निर्वाचन प्रतिक्रान्तिलाई वैधता दिन रचिएको ‘हनी ट्र्यापिङ’ भएको बताएका छन् । ठुला तथा स्थापित दलहरू यस्तो प्रपञ्चमा नपर्नुपर्ने उनको भनाइ छ । नेकपा एमाले चितवनले शनिवार नारायणगढमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै बादलले भदौ २३ र २४ गते देश तथा जनताविरुद्ध रचिएको षड्यन्त्रलाई वैधता दिन निर्वाचनको नाटक मञ्चन गर्न