राजनीति

रवि र बालेनको भेटपछी असिम भन्छन्- कथाको सुखद् सुरुवात भयो

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता सुखद् भएको असिम शाहले बताएका छन्।  रवि-बालेनबीच गएराति कमलपोखरीमा भेटवार्ता भएको थियो। यो भेटको प्रबन्ध मिलाएका असिम साहले फेसबुकमा उनीहरुबीचको वार्ता सुखद् भएको बताएका हुन्।  रवि र बालेनलाई वार्तापछि एउटै गाडीमा बिदा गरेका रास्वपा नेता असिम शाहले राति १ः४२ बजे फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन-दुई

कार्यवाहक नेतृत्वको प्रशंसा गर्दै संयमित रहन सभापति लामिछानेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो अनुपस्थितिमा पार्टीलाई संगठित र अनुशासित रूपमा सम्हालेको भन्दै कार्यवाहक सभापति डीपी अर्यालको नेतृत्व क्षमताको प्रशंसा गरेका छन । आइतवार अपरान्ह पार्टीको केन्द्रीय कार्यालयमा लामिछानेको सभापतित्वमा सम्पन्न पार्टीको बैठकमा उनले उक्त कुरा बताएका हुन । बैठकमा पार्टीका केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न जिम्मेवारीमा रही काम गरेका सबै नेता तथा कार्यकर्ताप्रति लामिछानेले आभार व्यक्त गरे। लामिछानेले हालको अवस्थाप्रति सचेत रहन आग्रह गर्दै

बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी

बङ्गलादेश । बङ्गलादेशको राजधानी ढाकामा एक विद्यार्थी नेताको हत्यालाई लिएर दुई दिनसम्म चलेको हिंसात्मक प्रदर्शनपछि शनिवार दशौं हजार शोकाकुल व्यक्तिहरू उहाँको अन्त्येष्टिका लागि भेला भएका छन् । गत वर्षको प्रजातन्त्र समर्थक विद्रोहका एक प्रमुख व्यक्ति सरिफ उस्मान हादीको गत बिहीबार ढाकाको मस्जिदबाट बाहिर निस्कने क्रममा मास्क लगाएका बन्दुकधारीले गोली हानेर मृत्यु भएको थियो भने शनिवार अन्त्येष्टिको कार्यक्रम तय भएको थियो ।  अन्त्येष्टि प्रार्थना गरिएको संसद् भवन अगाडि शरिरमा क्यामरा जोडिएका

जेनजी सहिदका परिवारसंगको भेटमा भावुक बने रवि

काठमाण्डौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाण्डौ पुगेलगत्तै जेनजी आन्दोलनको सहिदका परिवारलाई भेट गरेका छन्। भेटमा रवि भावुक बन्दै आँशु पुछेका थिए। आज शनिबार चितवनबाट काठमाडौं आइपुगेका लामिछाने विमानस्थलबाट सिधै बबरमहलस्थित जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेर सहिदका परिवारलाई भेटेका हुन्। सहिदका परिवारसँग कुराकानीको क्रममा लामिछाने भावुक बनेका थिए।  लामिछाने रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा बिहीबार धरौटीमा रिहा भएका थिए। 

अन्यायको हिसाब मिलाउन र न्याय पाउन बाँकी छ-रवि लामिछाने

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब मिलाउन र न्याय पाउन बाँकी रहेको बताएका छन् । शुक्रवार काठमाण्डौंबाट रुपन्देही पगी जिल्ला अदालत रुपन्देहीमा धरौटी बुझाएर रिहा भएका लामिछानेले यस्तो बताएका हुन् । उनले अहिले आफ्नो बोल्ने समय नआएको र देशले भोगेकोपिडाको अगाडी आफ्नो पिडा केही नभएको समेत बताउदै अन्यायको हिसाब मिलान भएपछि मात्र बोल्ने  बताए ।  बिहीबार उच्च अदालत बुटवलले बैङ्क ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी

रविबारे अदालतको आदेश स्वागतयोग्य छ-बाबुराम भट्टराई

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक डा.बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई अदालतद्वारा सशर्त धरौटीमा रिहा गर्न दिएको आदेश स्वागतयोग्य रहेको बताएका छन्।  रविलाई धरौटीमा रिहा गर्न दिएको आदेश मुद्दा अघि बढाउन गरिएको निर्णय विधिको शासन, सहकारी पीडितको हित र राजनीतिक उपयुक्तता सबै हिसाबले स्वागतयोग्य रहेको उनको भनाइ छ। पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भनेका छन्, ‘यसले उहाँलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनताबीच गएर जनअनुमोदन प्राप्त गर्ने र सहकारी

युवा संघले एमालेको महाधिवेशनमा ५० हजार भन्दा बढी युवा उतार्ने

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौँमा उतार्ने घोषणा गरेको छ।  युवा संघका अध्यक्ष क्षितिज थेबेले दिएको जानकारी अनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाहरुको उल्लेख्य सहभागिता बढाउन संघले विभिन्न वडा, जिल्ला, पालिका र प्रदेश कमिटीहरुलाई अनिवार्य रुपमा युवाको सहभागिताका लागि उत्प्रेरक परिचालन गरिएको छ । थेबेका अनुसार काठमाडौँ र ललितपुरका ६१ वडाबाट १ हजारका दरले ६१ हजार, उपत्यकाका अन्य

मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा सभा हुने

काठमाडौं । संरक्षक कुलमान घिसिङको नेतृत्व–मार्गदर्शनमा गठन भएको उज्यालो नेपाल पार्टी आगामी मंसिर १७ गते औपचारिक रूपमा सार्वजनिक गरिने भएको छ। पार्टीले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घोषणासभाको विवरण सार्वजनिक गरेको हो। घोषणासभा प्रज्ञा भवन, कमलादीमा दिउँसो १ बजेबाट ४ बजेसम्म चल्नेछ। कार्यक्रमका प्रमुख अतिथि ऊर्जा मन्त्री तथा पार्टीका संरक्षक कुलमान घिसिङ रहनेछन्। सो अवसरमा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय तथा घोषणापत्र २०८२ सार्वजनिक गरिने बताइएको छ। पार्टीले जारी गरेको विज्ञप्तिअनुसार

देशमा अराजकताको राज लामो समय टिक्दैन-ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको राज धेरै लामो समय नटिक्ने बताएका छन् । शनिवार एमालेको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै ओलीले देशको अहिलेको अवस्थालाई एमालेले छिटै अन्त्य गर्ने दाबी गरेका हुन् ।  ओलीले वर्तमान सरकार संविधान र लोकतान्त्रिक विधि मिचेर र असंवैधानिक तवरले गठन भएको उल्लेख गर्दै सरकारले नै देशमा अराजकता, हिंसा र लुटपाटलाई प्रश्रय दिएको आरोप लगाए । जेनजीका नाममा केही व्यक्ति बोलाएर, तालिम दिएर सुशासनका

चुनावमा भाग लिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले चुनाव भाग लिने निर्णय गरेको छ। सानेपामा बसेको केन्द्रीय समिति बैठकले चुनावमा भाग लिने निर्णय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले बताए। महाधिवेशनबारे थप निर्णय गर्नको लागि बैठक फेरि ११ गते बस्ने बताए। बैठकले निर्वाचनको माध्यबाट नै संविधानको रक्षा गर्ने निष्कर्ष निकालेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए। उनले भने, ‘प्रतिनिधि सभा विघटन र निर्वाचनको मिति घोषणा भइसकेको अवस्था यो विषय राजनीतिक मात्रै नभए संवैधानिक पनि हो। सर्वोच्च