काठमाण्डौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारलाई घरमै पुगेर भेट गरेका छन ।आज बुधवार प्रचण्ड र नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे घरमै पुगेर जानकारी लिएका छन् ।

सोमबार राति भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न संयोजक र सहसंयोजक कमरेड डल्लुस्थित निवासमा पुगेका थिए । सो अवसरमा उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको जानकारी नेता खनालले दिए ।



