रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब मिलाउन र न्याय पाउन बाँकी रहेको बताएका छन् ।
शुक्रवार काठमाण्डौंबाट रुपन्देही पगी जिल्ला अदालत रुपन्देहीमा धरौटी बुझाएर रिहा भएका लामिछानेले यस्तो बताएका हुन् । उनले अहिले आफ्नो बोल्ने समय नआएको र देशले भोगेकोपिडाको अगाडी आफ्नो पिडा केही नभएको समेत बताउदै अन्यायको हिसाब मिलान भएपछि मात्र बोल्ने बताए ।

बिहीबार उच्च अदालत बुटवलले बैङ्क ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्न शुक्रवार रुपन्देही पुगेका थिए ।लामिछाने कागजी प्रक्रिया पूरा गर्दै कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर रिहा भएका हुन् ।



