रवि र बालेनको भेटपछी असिम भन्छन्- कथाको सुखद् सुरुवात भयो


  • रवि र बालेनको भेटपछी असिम भन्छन्- कथाको सुखद् सुरुवात भयो
  • काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता सुखद् भएको असिम शाहले बताएका छन्। 

    रवि-बालेनबीच गएराति कमलपोखरीमा भेटवार्ता भएको थियो। यो भेटको प्रबन्ध मिलाएका असिम साहले फेसबुकमा उनीहरुबीचको वार्ता सुखद् भएको बताएका हुन्। 

    Screenshot

    रवि र बालेनलाई वार्तापछि एउटै गाडीमा बिदा गरेका रास्वपा नेता असिम शाहले राति १ः४२ बजे फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन-दुई दाजु-भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई!’



  • लामिछाने र बालेनबीच मध्यरातमा असिम शाहको म्युजिक कम्पनी जी २१ को कार्यालयमा भेटवार्ता भएको हो। असिम पनि रास्वपाका नेता हुन्। वार्ता सकेर रवि र बालेन एउटै गाडिमा निस्केका थिए।

    ६ घण्टाको बसाईमा उनीहरुबीच सामूहिक र एक्ला–एक्लै पनि वार्ता भएको छ। अन्तिममा उनीहरुले मिलेर जाने र एक–अर्कालाई साथ दिने निष्कर्ष निकालेका छलफलमा सहभागी नेताहरुले बताएका छन्। 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *