जेनजी सहिदका परिवारसंगको भेटमा भावुक बने रवि


  • जेनजी सहिदका परिवारसंगको भेटमा भावुक बने रवि
  • काठमाण्डौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाण्डौ पुगेलगत्तै जेनजी आन्दोलनको सहिदका परिवारलाई भेट गरेका छन्। भेटमा रवि भावुक बन्दै आँशु पुछेका थिए।

    आज शनिबार चितवनबाट काठमाडौं आइपुगेका लामिछाने विमानस्थलबाट सिधै बबरमहलस्थित जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेर सहिदका परिवारलाई भेटेका हुन्। सहिदका परिवारसँग कुराकानीको क्रममा लामिछाने भावुक बनेका थिए। 



  • लामिछाने रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा बिहीबार धरौटीमा रिहा भएका थिए। 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *