विशेष समाचार

चुनाव रोकिन्छ भन्ने हल्लाको पछि नलागौँ : गृहमन्त्री अर्याल

मोरङ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन रोकिन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । शुक्रबार विराटनगरमा निर्वाचन सुरक्षासम्बन्धी छलफलपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री अर्यालले यस्तो भनेका हुन् । निर्वाचन निर्धारित मितिमै हुने बताउँदै उनले भने- ‘यो निर्वाचनको तयारी यहाँसम्म पुगेको छ। यो रोकिन्छ, हुँदैन, यस्तो अफवाहमा पनि यसलाई पत्याएर यसलाई टेकेर प्रश्न जन्मिनु उचित लाग्दैन। ‘ गृहमन्त्री अर्यालले निर्वाचनको सुरक्षा एकीकृत सुरक्षा योजनाअनुसार भइरहेको बताए। साथै उनले नेपाली सेनाले

कांग्रेस सरकार बनेपछि निवर्तमान सभापति देउवाबाटै सम्पत्ति छानबिन हुन्छ : गगन थापा

पोखरा । नेपाली कांग्रेसका सभापति गगन थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने बताएका छन्। पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कसैसँग अब सिक्ने र सिकाउने समय नभएको भन्दै सरकारमा गएकै दिनदेखि काम गर्न सक्नेलाई जिम्मेवारी दिनुपर्ने बताए। सभापति थापाले सरकार चलाउने बारेमा आफूले सात वर्षदेखि तयारी गरेको र सरकारमा गएकै दिनदेखि के के गर्ने भन्ने खाकामा स्पष्ट रहेको बताए । ‘सरकारमा गएर मात्रै सिक्ने, योजना बनाउनेहरूलाई दिने

मेरो अन्तिम इच्छा सोध्नेलाई फागुन २१ मा जवाफ दिनुहोला - रवि लामिछाने

चितवन । रास्वपा सभापति रवि लामिछानेले आफूलाई अन्तिम इच्छा सोध्नलाई फागनु २१ मा देखाइदिन आग्रह गरेका छन् ।  आज चितवनमा आयोजित सभामा बोल्दै लामिछानेले आफूमाथिको प्रमाण छ भन्नेहरुलाई पनि जवाफ फर्काएका छन्।  लामिछानेले भने ‘चाहिएन प्रमाण भइगो । मलाई अन्तिम इच्छा सोधिएको पनि थियो । मेरो अन्तिम इच्छा सोध्दै बुट बजारेर सोधिएको पनि तपार्ईँहरूलाई थाहै होला । मैले त्यसको जवाफ दिएको थिएन,’ । उनले थपे ‘आज म चितवनबाट भन्न चाहन्छु–

हेडक्वार्टरले छानबिनको नाममा दु:ख दिइरहेको पिडित प्रहरीको गुनासो

काठमाण्डौं । प्रहरी प्रधान कार्यालयले सादा पोसाक (घुमुवा) मा कार्यरत भनी छानविनको लागी तानेका ८२ प्रहरी मध्य अधिकांश सादा पोसाक (घुमुवा) मा कार्यरत नभएको खुलेको छ । प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखाको पत्रअनुसार प्रहरी जवानदेखि प्रहरी बरिष्ठ नायब निरीक्षक दर्जालाई छानबिनका क्रममा (पहिलो पटक ३२ र दोस्रो पटक ५० जना ) भन्दै विभिन्न प्रहरी कार्यालयबाट तानेका अधिकांश प्रहरी सादा पोसाक (घमुवा)मा कार्यरत नभएको पिडितहरुले बताएका छन । बर्षौ देखी

चोरी–तस्करी नियन्त्रण गर्न डीआईजी खत्रीको निर्देशन

वुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले सीमाक्षेत्रमा हुने चोरी, तस्करी तथा अन्य आपराधिक गतिविधि कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिएका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीको निरीक्षण तथा निर्देशन कार्यक्रमका क्रममा डीआईजी खत्रीले खुल्ला सीमाको संवेदनशीलतालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन्। उनले सीमाक्षेत्रलाई अपराधमुक्त बनाउने विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारे। साथै उनले सीमा नाकाहरूमा गस्ती, निगरानी र

सुरक्षा फौजमाथि आक्रमण भएपछि गोली चल्यो : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चलेको बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा गत भदौमा भएको जेनजी आन्दोलनबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् । संसद् भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले आन्दोलन नभई राज्यविरुद्धको  हमला मान्ने उनले बताए । उनले भने,’त्यस दिन सुरक्षाकर्मीले आफ्ना हतियार खोसिन दिएका भए? यदि संसद् भवन जलेको भए? के त्यतिबेला पनि ज्यान

निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ। निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो। निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल ३७ प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश र जिल्लाबाट खरिद भई प्रयोग गराउने गरी प्रबन्ध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । केन्द्रस्तरबाट १४ प्रकारका

घर जाँदै गर्दा अक्षय कुमार सवार कार दुर्घटना

बलिउड अभिनेता अक्षय कुमार दुर्घटनामा परेका छन्। सोमबार साँझ मुम्बईको जुहू क्षेत्रमा उनी कार दुर्घटनामा परेका हुन्। अक्षय कुमार र उनकी पत्नी ट्विंकल खन्ना विदेश भ्रमणबाट मुम्बई फर्केर जुहूस्थित आफ्नो घरतर्फ जाँदै गर्दा अजीब दुर्घटनामा परेको भारतीय संचारमाध्यमले जनाएका छन्।  हिन्तुस्तान टाइम्सका अनुसार उनीहरू एयरपोर्टबाट घरतर्फ जाँदै गर्दा एक तेज गतिमा आएको मेर्सिडिज कारले एउटा अटो रिक्सालाई ठक्कर दिएको थियो। उक्त अटो रिक्सा अक्षय कुमारको सुरक्षा गाडीसँग ठोक्किएको र त्यसपछि

डीआईजी सरुवामा पूर्वाग्रहको आरोप, प्रहरी संगठनभित्र असन्तुष्टि

काठमाडौं । निर्वाचन नजिकिँएसंगै नेपाल प्रहरीले ८ जना डीआईजीसहित उच्च तहका अधिकृतहरूको सरुवा गरेपछि संगठनभित्र असन्तुष्टि चुलिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले गरेको सरुवा व्यक्तिगत पूर्वाग्रहका आधारमा भएको आरोप प्रहरी संगठनभित्रै उठ्न थालेको छ । स्रोतका अनुसार बागमती प्रदेशका डीआईजी अरुण पौडेल र गण्डकी प्रदेशका डीआईजी दिनेश आचार्यलाई राम्रो कार्यसम्पादन हुँदाहुँदै ८ महिनामै हटाइएको छ । उनीहरू दुवै आईजीपी कार्कीका ब्याची हुन् । छोटो समयमै सरुवा गरिनु स्वाभाविक

जवानदेखि बरिष्ठ सई सम्म हेडक्वार्टर तानिए

काठमाण्डौं। प्रहरी प्रधान कार्यालयले देशभरका विभिन्न इकाइमा कार्यरत ५० जना प्रहरी कर्मचारीलाई छानबिनको प्रक्रियामा तानेको छ।  प्रहरी प्रधान कार्यालय प्रशासन शाखा तथा सुपरिवेक्षण तथा अनुगमन महाशाखाको पत्रअनुसार प्रहरी जवानदेखि प्रहरी बरिष्ठ नायब निरीक्षकसम्मकालाई छानबिनका क्रममा केही विषयवस्तु बुझ्नुपर्ने देखिएको भन्दै आवश्यक कागजातसहित तोकिएको मितिमा उपस्थित हुन निर्देशन दिइएको छ । नामावली यस प्रकार छः प्र.ब.ना.नि राजेन्द्र चौहान – नेपाल प्रहरी विशेष सुरक्षा गण, रातोपाटी, मकवानपुरप्र.ना.नि. कपिल खड्का – जिल्ला प्रहरी