काठमाण्डौं । प्रहरी प्रधान कार्यालयले सादा पोसाक (घुमुवा) मा कार्यरत भनी छानविनको लागी तानेका ८२ प्रहरी मध्य अधिकांश सादा पोसाक (घुमुवा) मा कार्यरत नभएको खुलेको छ । प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखाको पत्रअनुसार प्रहरी जवानदेखि प्रहरी बरिष्ठ नायब निरीक्षक दर्जालाई छानबिनका क्रममा (पहिलो पटक ३२ र दोस्रो पटक ५० जना ) भन्दै विभिन्न प्रहरी कार्यालयबाट तानेका अधिकांश प्रहरी सादा पोसाक (घमुवा)मा कार्यरत नभएको पिडितहरुले बताएका छन ।
बर्षौ देखी घुमवामा बसेर रजगज गरेकालाइ तान्न नसकेको बताउदै उनिहरु(पिडित प्रहरी) भन्छन, "हाम्रो गल्ति छ भने कारवाही गर्नुपर्यो यत्तिकै झुलाउन पाइएन नी । वास्तविक घुमुवाहरु त तानिएकै छैनन, तान्ने नै हो भने देशभरका मुद्दा शाखा र सादा पोसाकमा वर्षौ देखी रजगज गरेकालाई तान्न सक्नुपर्यो । घुमुवा राख्ने हाकिमलाई तान्न पर्यो । हामीसंगै तानिएका पनी केही सेटिङ मिलाएर फिर्ता गइसके हाम्रो त कोही छैन कसले सुनिदिने हाम्रो कुरा ? हामीसंगै तानिनेमा धेरैजसो गण, विमानस्थल, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरीमा कार्यरत छन ।"
हेडक्वार्टरले संगठनको नीति विपरीत काम गरेको, आर्थिक अनियमिततामा जोडिएको उजुरी परेका, अवैध गतिविधि गरेको भन्दै विभिन्न पत्रपत्रिकामा नाम आएका प्रहरीहरू छानबिनको दायरामा तानिएको बताएको छ । तानिएका प्रहरीहरुले आफुहरुले कार्यालय प्रमुखले दिएको जिम्मेवारी पुरा गरेको, नीति विपरीत कनै पनी काम नगरेको बताएका छन । उनिहरुले संगठनका उच्च प्रहरी अधिकृतसंगको सम्बन्धका कारण दु:ख दिने मनसायले आफुहरुलाई तानिएको गुनासो गरेका छन ।
तानिएका प्रहरी जवान देखी वरिष्ठ नायब निरीक्षक दर्जाका छन । उनिहरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय सशस्त्र प्रहरी गण नमबर २ महाराजगंजमा हाजिर गराइ वयान लिने काम भइरहेको छ । वयान पनी औपचारिकता निभाउने किसिमले हतार हतार लिएको र धेरै जसो प्रहरीहरुको पत्रमा उल्लेख भएअनुसारको केही पनी गलत नभेटिएको अधिकांशको गुनासो छ । नाम नवताउने शर्तमा एक प्रहरी भन्छन, "कारवाहीको लागी तानिनेमा २९/३० जना मात्र घुमुवा छन बाँकी सबै गण, जिल्ला प्रहरी कार्यालयमा डिउटी गर्ने प्रहरी हुन । यो त व्यक्तिगत रिसइविले तानेको हो । घुमुवा भनेर तान्ने अनी घमुवा राख्ने हाकिमलाइ चाही केही नगर्ने , विना गल्ती द:ल दिने यो त निम्न दर्जामाथिको विभेद र अन्याय हो ।"
प्रहरी प्रधान कार्यालयमा तानिएका एका दुइ बाहेक अधिकांश पंहुच नभएका, संगठनको निति निर्देशनमा रहेर काम गरिरहेका प्रहरी भएको एक अधिकृतले बताए । बास्तविक घुमुवालाई संगठन प्रमुखले पनी केही गर्न नसक्ने कैयन उदाहरणहरु पटक पटक नदेखिएको भने होइनन ।

कतिपय अधिकृतले पहुचकै भरमा जिल्ला प्रमुख भएर जादा संगै जवान देखी वरिष्ठ सई सम्म लैजाने गरेको कनै नौलो होइन जुन प्रहरी वृतमा जानकारी नै छ । जसको उदाहरण तराइको जिल्लाहरु बारा देखी बाँके सम्ममा विगतदेखी हालसम्ममा आफु अनुकुलको घुमुवा प्रहरी लैजाने गरेको तथ्यांक हेर्दा हुन्छ । तसर्थ संगठन प्रमुखले सुनेको भनेको भरमा भन्दा पनी वास्तविक घुमवाहरुको तथ्याङ्क संकलन गरी आवश्यक कदम चाले पक्कै केही सुधार होला नभए पहुचकै भरमा दु:ख दिने हो भने एकदिन पक्कै पनी हाल पहुँचको भरमा रमाइरहेकाको पालो आउने एक प्रहरी अधिकृत बताउछन ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले भने,"तानिएका ८२ प्रहरीलाई उजुरी छानबिन महाशाखाले छानबिन गरिरहेको छ दोषी देखिएको अवस्थामा कसुर अनुसारको विभायीय कारबाही गर्ने तयारी गरिएको छ । यदि कोही छानबिनपछि निर्दोष देखिएको अवस्थामा भने सम्बन्धित कार्यक्षेत्रमा फर्काइने छ ।"
नामावली यस प्रकार छः

प्र.ब.ना.नि राजेन्द्र चौहान – नेपाल प्रहरी विशेष सुरक्षा गण, रातोपाटी, मकवानपुर
प्र.ना.नि. कपिल खड्का – जिल्ला प्रहरी कार्यालय, सुनसरी
प्र.ना.नि. सुवास यादव – जिल्ला प्रहरी कार्यालय, सर्लाही
प्र.ना.नि. सुदीप बस्नेत – प्रहरी वृत्त महाराजगञ्ज, काठमाडौं
प्र.ना.नि. गजेन्द्र बहादुर चन्द – जिल्ला प्रहरी कार्यालय, कैलाली
प्र.ना.नि. सुरेश पन्थी – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ
प्र.ना.नि. कुवेर खतिवडा – इलाका प्रहरी कार्यालय, बर्दिवास, महोत्तरी
प्र.ना.नि. पूरुषोत्तम पौडेल – जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुर
प्र.स.नि. रमेश थापा – प्रहरी प्रधान कार्यालय, काठमाडौं
प्र.स.नि. संजय पासवान – जिल्ला प्रहरी कार्यालय, सिराहा
प्र.स.नि. दिवस कुमार दाहाल – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ
प्र.स.नि. लोकेन्द्र सिंह – जिल्ला प्रहरी कार्यालय, कैलाली
प्र.स.नि. जगदीश यादव – जिल्ला प्रहरी कार्यालय, पर्सा
प्र.स.नि. अजय पटेल – जिल्ला प्रहरी कार्यालय, बारा
प्र.स.नि. मनोज कुमार यादव – विमानस्थल सुरक्षा कार्यालय, राजविराज, सप्तरी
प्र.ब.ह. मदन कुमार बुढा – सुदूरपश्चिम प्रदेश प्रहरी गण, दिपायल
प्र.ब.ह. जलन राज मल्ल ठकुरी – जिल्ला प्रहरी कार्यालय, भोजपुर
प्र.ब.ह. विनोद कुमार शाह – जिल्ला प्रहरी कार्यालय, बारा
प्र.ह. नरेन्द्र बहादुर खडायत – प्रहरी प्रधान कार्यालय, नक्साल
प्र.ह. विपिन नाथ योगी – जिल्ला प्रहरी कार्यालय, उदयपुर
प्र.ह. हरि ढकाल – जिल्ला प्रहरी कार्यालय, सुनसरी
प्र.ह. बैकुण्ठ सुवेदी – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ
प्र.ह. रामसेवक ठाकुर – मधेश प्रदेश प्रहरी गण, जनकपुर, धनुषा
प्र.ह. राजु प्रसाद गुप्ता – जिल्ला प्रहरी कार्यालय, रौतहट
प्र.ह. सत्यानारायण यादव – जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु
प्र.ह. उमेश यादव – मधेश प्रदेश प्रहरी गण, जनकपुर, धनुषा
प्र.ह. सुधीर गिरी – जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुर
प्र.ह. विजय प्रसाद यादव – जिल्ला प्रहरी कार्यालय, पर्सा
प्र.ह. डिल्लीराम शिवाकोटी – जिल्ला प्रहरी कार्यालय, मकवानपुर
प्र.ह. कल्पना पौडेल – जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन
प्र.ह. बैजुलाल यादव – जिल्ला प्रहरी कार्यालय, महोत्तरी
प्र.ह. अमिता पटेल – बागमती प्रदेश प्रहरी गण, मकवानपुर
प्र.ह. यम बहादुर श्रेष्ठ – जिल्ला प्रहरी कार्यालय, झापा
प्र.स.ह. दीप नारायण चौधरी – जिल्ला ट्राफिक प्रहरी कार्यालय, सर्लाही
प्र.स.ह. उत्तम कार्की – जिल्ला प्रहरी कार्यालय, सुनसरी
प्र.स.ह. राजेन्द्र श्रेष्ठ – जिल्ला प्रहरी कार्यालय, सुनसरी
प्र.स.ह. सरोज यादव – जिल्ला प्रहरी कार्यालय, पर्सा
प्र.स.ह.अमित कुमार बखारिया – जिल्ला प्रहरी कार्यालय, कैलाली
प्र.स.ह. संजय जयसवाल – जिल्ला प्रहरी कार्यालय, पर्सा
प्र.स.ह.अनिकेत कुमार सिंह – मधेश प्रदेश प्रहरी कार्यालय, धनुषा
प्र.स.ह. बज्ररत्न बज्राचार्य – नेपाल प्रहरी स्कूल, जिरीडिया, रौतहट
प्र.स.ह. लेखनाथ पोखरेल – जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन
प्र.स.ह. भरत भुजेल – जिल्ला प्रहरी कार्यालय, तनहुँ
प्र.स.ह. लक्ष्मी लोहार – जिल्ला प्रहरी कार्यालय, कैलाली
प्र.स.ह. महेन्द्र बहादुर थापा – जिल्ला प्रहरी कार्यालय, लमजुङ
प्र.स.ह. राजकुमार गुरुगं – मधेश प्रदेश प्रहरी कार्यालय, धनुषा
प्र.ज. लाल बाबु मिया – जिल्ला प्रहरी कार्यालय, पर्सा
प्र.ज. दीपक बहादुर सिंह – सुदूरपश्चिम प्रदेश प्रहरी गण, दिपायल
प्र.ज. महेश ओझा – जिल्ला प्रहरी कार्यालय, बझाङ
प्र.ज. उज्ज्वल तिवारी – जिल्ला प्रहरी कार्यालय, धनुषा



