चितवन । रास्वपा सभापति रवि लामिछानेले आफूलाई अन्तिम इच्छा सोध्नलाई फागनु २१ मा देखाइदिन आग्रह गरेका छन् ।
आज चितवनमा आयोजित सभामा बोल्दै लामिछानेले आफूमाथिको प्रमाण छ भन्नेहरुलाई पनि जवाफ फर्काएका छन्।
लामिछानेले भने ‘चाहिएन प्रमाण भइगो । मलाई अन्तिम इच्छा सोधिएको पनि थियो ।

मेरो अन्तिम इच्छा सोध्दै बुट बजारेर सोधिएको पनि तपार्ईँहरूलाई थाहै होला । मैले त्यसको जवाफ दिएको थिएन,’ । उनले थपे ‘आज म चितवनबाट भन्न चाहन्छु– मेरो अन्तिम इच्छा के हो २१ गते मत पत्रमा देखाइदिनुहोला ।’ NJ



