घर जाँदै गर्दा अक्षय कुमार सवार कार दुर्घटना


  • घर जाँदै गर्दा अक्षय कुमार सवार कार दुर्घटना
  • बलिउड अभिनेता अक्षय कुमार दुर्घटनामा परेका छन्। सोमबार साँझ मुम्बईको जुहू क्षेत्रमा उनी कार दुर्घटनामा परेका हुन्।

    अक्षय कुमार र उनकी पत्नी ट्विंकल खन्ना विदेश भ्रमणबाट मुम्बई फर्केर जुहूस्थित आफ्नो घरतर्फ जाँदै गर्दा अजीब दुर्घटनामा परेको भारतीय संचारमाध्यमले जनाएका छन्। 

    हिन्तुस्तान टाइम्सका अनुसार उनीहरू एयरपोर्टबाट घरतर्फ जाँदै गर्दा एक तेज गतिमा आएको मेर्सिडिज कारले एउटा अटो रिक्सालाई ठक्कर दिएको थियो। उक्त अटो रिक्सा अक्षय कुमारको सुरक्षा गाडीसँग ठोक्किएको र त्यसपछि सुरक्षा गाडीले अक्षयको स्पोर्ट युटिलिटी गाडीलाई ठक्कर दिएको थियो। दुर्घटनामा संलग्न सबै व्यक्ति सुरक्षित रहेको बताइएको छ।



  • दुर्घटनापछि अध्यक्ष कुमार आफ्नो गाडीबाट निस्किएर अटो चालक र यात्रुलाई उद्धार गर्न सहयोग गरेका थिए। अक्षय र उनको टिमले अटो चालक र यात्रुलाई सुरक्षित स्थानमा पुर्याएको बताइएको छ। घटना जुहू क्षेत्रस्थित सिल्भर बीच क्याफे नजिकै घटेको हो।

    प्रत्यक्षदर्शीले दुर्घटना देख्दा एकदमै डर लागेको तर सबैजना सुरक्षित रहनु खुसीको कुरा रहेको बताएका छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *