सुरक्षा फौजमाथि आक्रमण भएपछि गोली चल्यो : केपी ओली


  • सुरक्षा फौजमाथि आक्रमण भएपछि गोली चल्यो : केपी ओली
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चलेको बताएका छन्।

    बुधबार सामाजिक सञ्जाल फेसबुकमा गत भदौमा भएको जेनजी आन्दोलनबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।

    संसद् भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले आन्दोलन नभई राज्यविरुद्धको  हमला मान्ने उनले बताए ।



  • उनले भने,’त्यस दिन सुरक्षाकर्मीले आफ्ना हतियार खोसिन दिएका भए? यदि संसद् भवन जलेको भए? के त्यतिबेला पनि ज्यान जाने थिएन? विस्फोटक सामग्रीसहित आएका उनीहरू त्यसै फर्किन्थे ?’

    उनले आफ्नो राजीनामापछि नै सिंहदरबार,राष्ट्रपति भवन, सर्वोच्च अदालत लगायत सबै धरोहरहरू जलाइएको समेत बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *