रातोखरी

जाँचबुझ आयोगमा बयान दिन जादै पुर्वगृहमन्त्री लेखक

काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा घटनाको जानकारी गराउन आज जाने भएका छन् । उनी दिउँसो १२ बजे आयोगमा गएर घटनाबारे छलफल गर्ने तय भएको छ । यस्तै, लेखकले दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यम मार्फत थप धारणा सार्वजनिक गर्ने भएका छन् ।

सहमति नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ- रवि

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहमति नेताले खोजेको जस्तो नभई देशलाई चाहिएको जस्तो हुनुपर्ने बताएका छन्। आइतबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग एक भएर जाने सहमतिमा हस्ताक्षर भएपछि फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले सहमति देशले खोजेको जस्तो हुनुपर्ने बताएका हुन्। ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ,’ उनले लेखेका छन्। शनिबार बेलुकी ७ बजेदेखि लगातार छलफलपछि रवि र बालेनले सम्झौतापत्रमा हस्ताक्षर गरेका

रवि-बालेन सहमति : सभापतिमा रवि, प्रधानमन्त्री उम्मेदवार बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच ‘बृहत् एकता’ सम्बन्धी सहमति भएको छ । आज बिहान ४ बजे भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि सारिने भएको छ ।  रास्वपा र बालेन्द्र शाहबिच सहकार्य तथा एकताका विषयमा लामो समयदेखि संवाद

एक हप्तामै बङ्गलादेशमा अर्को हिन्दु युवाको हत्या

काठमाडौं । बङ्गलादेशमा पुन: अर्को हिन्दु युवालाई भीडले कुटपिट गरी हत्या गरेको छ । बुधवार राति ११ बजेतिर राजबारी जिल्लाको होसेन्डांगा गाउँमा भएको बङ्गलादेशको अनलाइन डेली स्टारले उल्लेख गरेको छ । प्रहरीले मृतक हुने युवक २९ वर्षीय अमृत मण्डल भएको जानकारी दिएको छ । उनलाई सम्राटको रूपमा पनि चिनिने बताइएको छ । यसअघि, डिसेम्बर १८ मा, ढाका नजिकै एक हिन्दु युवा दिपु चन्द्र दासको भीडले हत्या गरेको थियो। पछि उनलाई

‘गोबर गणेश’को शीर्षक गीत सार्वजनिक

काठमाण्डौ । माघ १ गतेबाट रिलिज हुने फिल्म ‘गोबर गणेश’ को शीर्षक गीत सार्वजनिक भएको छ। मरिचमान श्रेष्ठको (बल्छी धुर्वे) निर्देशन रहेको फिल्मको ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान स्वयंले स्वर दिएका छन् भने बाबुल गिरीको शब्द तथा संगीत रहेको छ। सबै कुरामा अब्बल रहेको व्यक्ति पढाइ कमजोर हुँदा कसरी आत्मविश्वास खस्कन्छ भन्ने कुरा गीत मार्फत प्रस्तुत गरिएको छ।  गम्भीर विष्टले कोरियोग्राफी रहेको गीतको भिडियोमा वर्षा शिवाकोटी, पुजन घिमिरे, पदम तामाङ, निर्मल शर्मालगायत

बालेनसँगको भेटपछि शाहीले भने : युवासँगै नयाँ शक्ति मिलेर जानुको विकल्प छैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनसँगको भेटपछि युवाशक्ति र वैकल्पिक राजनीतिक शक्तिहरू एकीकृत भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । बिहीबार मेयर शाहसँग चरणबद्ध छलफल भएको पुष्टि गर्दै शाहीले नयाँ शक्ति र युवाहरूलाई एक ठाउँमा ल्याउने विषयमा गम्भीर संवाद भएको जानकारी दिए । उनका अनुसार मुलुकको विकास र जनताको अपेक्षा पूरा गर्न वैकल्पिक शक्तिहरू मिलेर जानु नै अहिलेको एकमात्र र

बालेनले भने-म संघीयताकै पक्षमा छु

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह प्रत्यक्ष राजनीतिमा होमिने अन्तिम तयारीमा छन् । वैकल्पिक शक्तिहरूलाई एकीकृत गर्दै आसन्न निर्वाचनमा होमिने तयारीका साथ मेयर शाहले विभिन्न वैकल्पिक शक्तिहरूसँग घनीभूत छलफल गरिरहेका छन् ।  बिहीवार मात्रै रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरे लगत्तै मेयर शाहले काउन्सिल अफ जेनजीका संयोजक सुधन गुरुङ र प्रदेश संयोजकहरूसँग छलफल गरेका छन् । ललितपुरस्थित मेयर शाह निकट व्यक्ति कुमार बेनको घरमा छलफल भएको हो । कोशी

२० जना प्रहरीलाई सेवाबाट हटाउने तयारी

काठमाण्डौ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि गैरहाजिर भएका छन्। प्रहरी प्रधान कार्यालयले आज शुक्रबार सूचना जारी गरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार केही प्रहरी असोजदेखि र केही कात्तिकदेखि आफुखुशी गैरहाजिर भएका छन्।   आफूखुशी गैरहाजिर रहेका ती प्रहरीलाई तत्काल सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको हो। उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान

वालेनसंगको वार्ता सकेर निस्किदै रविले भने-परिणामका लागि प्रतीक्षा गर्नुस

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग अढाइ घन्टा वार्ता गरेर रास्वपा सभापति रवि लामिछाने बाहिरिएका छन् ।  बाहिरिने क्रममा वार्ता कस्तो भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रतिप्रश्न गर्दै भने, ‘मेरो अनुहारले के बताउँछ ?’ ‘तपाईंको अनुहारमा त सधैँ चमक नै हुन्छ नि’ सञ्चारकर्मीले जवाफ दिए । रविले भने, ‘हस् धन्यवाद !’ मेयर बालेन साह लौरो नै टेक्ने हो कि घन्टी बजाउने हो ?  भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘अलिकति

रवि र बालेन नमिलेसम्म गेट खोलिन्न-सुदन गुरुङ

काठमाडौं । हामी नेपालका संस्थापक सुदन गुरुङले रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाह नमिलेसम्म गेट नखोल्ने बताएका छन् । कुपण्डोलको एक घरमा अहिले रवि र बालेन वार्तामा छन् । गेटमा रहेका गुरुङले दुई जना नेता नमिलेसम्म गेटको चाभी नखोल्ने बताएका हुन् । उनले एक भिडिओ सार्वजनिक गर्दै भनेका छन्- दुई जना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म दुई जना मिल्नुहुन्न तबसम्म यो गेट खोलिन्न ।मेयर साप र रवि लामिछाने । हामी यहाँ गार्ड कोही पनि भित्र जाँदैन कोही पनि बाहिर जाँदैन । कुरा नमिलेसम्म यत्तिकै हो । दुवैजनालाई थुन्देको मिले आउँछन् नत्र आउँदैनन । साँचो हामीले बोकिसक्यौँ ।