काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहमति नेताले खोजेको जस्तो नभई देशलाई चाहिएको जस्तो हुनुपर्ने बताएका छन्।
आइतबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग एक भएर जाने सहमतिमा हस्ताक्षर भएपछि फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले सहमति देशले खोजेको जस्तो हुनुपर्ने बताएका हुन्। 'सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ,' उनले लेखेका छन्।
शनिबार बेलुकी ७ बजेदेखि लगातार छलफलपछि रवि र बालेनले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।सम्झौता अनुसार पार्टीको नाम, झन्डा र चुनाव चिह्न रास्वपाकै रहनेछ।आगामी निर्वाचनमा रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नेछ। पार्टी नेतृत्वमा भने रवि लामिछाने नै रहनेछन्।

गत मंगलबारदेखि लामिछाने र बालेनबीच लगातार छलफल हुँदै आएको थियो।
हस्ताक्षर कार्यक्रममा रास्वपाका स्वर्णिम वाग्ले , डिपि अर्याल, शिशिर खनाल, असिम शाह र बालेन शाह पक्षका कुमार बेन, केपी खनाल, निश्चल बस्नेत, भूपदेव शाह, सुदीप ढकाल लगायत उपस्थित थिए।सेतोपाटी



