‘गोबर गणेश’को शीर्षक गीत सार्वजनिक


  • ‘गोबर गणेश’को शीर्षक गीत सार्वजनिक
  • काठमाण्डौ । माघ १ गतेबाट रिलिज हुने फिल्म 'गोबर गणेश' को शीर्षक गीत सार्वजनिक भएको छ।

    मरिचमान श्रेष्ठको (बल्छी धुर्वे) निर्देशन रहेको फिल्मको 'गोबर गणेश' बोलको गीतमा मरिचमान स्वयंले स्वर दिएका छन् भने बाबुल गिरीको शब्द तथा संगीत रहेको छ। सबै कुरामा अब्बल रहेको व्यक्ति पढाइ कमजोर हुँदा कसरी आत्मविश्वास खस्कन्छ भन्ने कुरा गीत मार्फत प्रस्तुत गरिएको छ। 

    गम्भीर विष्टले कोरियोग्राफी रहेको गीतको भिडियोमा वर्षा शिवाकोटी, पुजन घिमिरे, पदम तामाङ, निर्मल शर्मालगायत कलाकारहरूलाई देख्न सकिन्छ । 



  • बल्छी धुर्वे फिल्मसको प्रस्तुति रहेको 'गोबर गणेश' मा बल्छी र वर्षासँगै बिनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरूङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायतको अभिनय छ।

    गोबर गणेश' माघ १ गते रिलिज हुने निर्माण पक्षले वताएको छ। 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *