काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग अढाइ घन्टा वार्ता गरेर रास्वपा सभापति रवि लामिछाने बाहिरिएका छन् ।
बाहिरिने क्रममा वार्ता कस्तो भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रतिप्रश्न गर्दै भने, ‘मेरो अनुहारले के बताउँछ ?’
‘तपाईंको अनुहारमा त सधैँ चमक नै हुन्छ नि’ सञ्चारकर्मीले जवाफ दिए ।

रविले भने, ‘हस् धन्यवाद !’
मेयर बालेन साह लौरो नै टेक्ने हो कि घन्टी बजाउने हो ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘अलिकति प्रतीक्षा गर्नुस न ।’



